YouTube Link

चैत १५ मा समाजवादी मोर्चा र राजावादी सडकमा उत्रिदै, मोर्चाको सभालाई चार दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

Facebook Link

काठमाडौं: चैत १५ गते समाजवादी मोर्चा र राजावादी दुर्गा प्रसाईं आमनेसामने हुने भएका छन् । गत २५ फागुनमा राजावादीहरूले राजधानीमा शक्ति प्रदर्शन गरेपछि समाजवादी मोर्चाले पनि गणतन्त्रको पक्षमा र सरकारले गरेका नराम्रा कामको भण्डाफोर गर्ने भएको हो ।

 

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) छन् । सत्ताको बागडोर सम्हालेका नेपाली कांग्रेस र नेकपा एमालेका अलोकतान्त्रिक क्रियाकलापले जनताका अधिकारहरू एकपछि अर्को गर्दै कुण्ठित भएको, जनतामा निराशा चिर्ने भनेर बनेको गठबन्धनले झन् निराशा निम्त्याएको आरोप मोर्चाले लगाएको छ ।

 

सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित भएको पनि मोर्चाको आरोप छ । साथै, सरकारले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको, अध्यादेशमार्फत सरकार चलाएको, सदन छलेको र संसदमा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्यत भएको मोर्चाको आरोप छ । काठमाडौंमा हुने प्रदर्शनमा मोर्चासम्बद्ध सबै पार्टीका बागमती प्रदेशका सबै जिल्लाहरू, उपत्यकाका सबै जिल्ला र जनसम्पर्क कमिटी र जनवर्गीय संगठनले जनमास ल्याउने तयारी गरेको छ ।

 

मोर्चाको सभालाई चार दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी समेत गरेको छ । सडकमा आन्दोलन सुरु गरेको मोर्चालाई सोमबार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि थप अर्को विषय थपिएको छ, जुन विषय अब संसददेखि सडकसम्म विपक्षीका लागि प्रमुख मुद्दा बनेको छ ।  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरूले संसदका दुवै सदनको बैठक अवरोध गरेका छन् । आममानिसहरू पनि सरकारको कुलमान हटाएकोमा सडकमा प्रदर्शन गरिरहेका छन् । राजनीति दलहरू पनि सरकारको उक्त कदमको विरोधमा छन् ।

 

राजसंस्था पुनःस्थापनाको मागसहित स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले पनि  यही चैत १५ गते जनप्रदर्शन गर्दै छन् । उनले लाखौँ मान्छे काठमाडौं आउन आतुर रहेको बताएका छन् । प्रसाईंले यो सरकारले नेपालीलाई सकुम्बासी बनाउँदै लगेको दाबी गरेका छन् । उनले भने, ‘सरकार भनेको गाँसबास दिने, शिक्षा, स्वास्थ्य, रोजगार दिने हो । यो सरकारले त नेपालीका घरबार लिलाम गरेर सुकुम्बासी बनाउँदै आएको छ । यो हाम्रो सरकार होइन । यो त मारबाडीको सरकार हो । त्यही भएर यो सरकारका विरुद्ध हाम्रो आन्दोलन हो ।’

 

उनको यो आन्दोलनलाई नवराज सुवेदीले साथ दिने भएका छन् । केही दिनपहिला सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति बनेको छ । यो समितिले पनि दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शनलाई सहयोग गर्ने भएको छ । चैत १५ गते समाजवादी मोर्चाको प्रदर्शनलाई काउन्टर दिन प्रसाईंले पनि प्रदर्शनको आयोजना गरेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...