YouTube Link

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

World Cup 2026
Facebook Link

काठमाडौं: आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले डेब्यू खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको  छ ।

 

शनिबार मलेसियाको बांगीमा भएको खेलमा नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि सदिया इस्लामले सर्वाधिक १६ रन बनाए भने कप्तान सुमैया अक्तरले १२ रन जोडिन् । नेपालकी रचना चौधरी, रिया शर्मा, सिमाना केसी र पूजा महतोले एक एक विकेट लिए ।

 

यसअघि टस हारेर पहिला व्याटिङमा तानिएको नेपाल १८.२ ओभरमा अलआउट हुँदै ५२ रनमा समेटिएको थियो । नेपालका लागि सना प्रविनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रहन बनाउन सकेनन् । एलिसा यादव ४, तिर्सना विश्वकर्मा ३, कप्तान पूजा महतो २ , किरण कुवँर र सावित्रि धामी १/१ रनमा आउट भए । अनु कडायत र सोनी पाख्रिन शून्यमा पभेलियन फर्किए ।

 

गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग नै हारेको थियो । विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ । नेपालले माघ ७ गते स्कटल्याण्डसँग र माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र बंगलादेश दुबै नेपाल भन्दा बलिया टिम हन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...