आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

वि.सं.२०८१ पुस १७ बुधवार ०७:३५
954
shares
काठमाडौं: ग्रेगोरियन पात्रो अनुसार आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इस्वी संवतको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुती लगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् शुरु भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा रहेको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन संवत् भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।
नेपालमा केही वर्षअघिदेखि इस्वी संवत् मनाउन गरिएको छ । विदेशी पर्यटकको जमघट हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ मनाइन्छ । मंगलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।

वि.सं.२०८१ पुस १७ बुधवार ०७:३५