YouTube Link

सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भएपनि कारबाही गर्न कांग्रेस महामन्त्री गगन थापाको अनुरोध

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भएपनि कारबाही गर्न सरकारलाई अनुरोध गरेका छन् ।

 

उनले दोषी देखिए आफ्नै पार्टीका उपसभापति धनराज गुरुङलाई समेत नछाड्ने बताए । आज राष्ट्र बैंकका कर्मचारीहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीँबाट अनुरोध गर्छु, बकाइदा अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नु पनि पर्छ ।’ उनले नेकपा एमालेका नेता ऋषिकेश पोखरेलमागि समेत अनुसन्धान गर्न भने ।

 

‘ऋषि पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नु भएको छ भने अभियोजन पनि गर्नुस्, दण्ड पनि गर्नुस्,’ थापाले भने, ‘यो देशमा के स्थापित गर्नुपर्यो भने कोही पनि मानिस, जुनसुकै राजनीतिक दलको होस्, कांग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस्, ठूलो होस्, सानो होस्, शक्तिशाली होस्, पाँचपटक प्रधानमन्त्री बनेको मान्छे होस् कि अहिले भइरहेको प्रधानमन्त्री होस् कि भोलि प्रधानमन्त्री हुने मान्छे होस् कि जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन ।’ न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने कुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्ने उनले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...