YouTube Link

प्रतिबन्धित टिकटक फुकुवा गर्ने तयारीमा सरकार

Facebook Link

काठमाडौं: सामाजिक सञ्जाल टिकटकमाथि सरकारले १० महिना अगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले नेपालको नीति-नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकार लचिलो बनेको हो ।

 

सरकारले २०८० साल कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय मन्त्रिपरिषद्‌बाट गरेको थियो । सोही वर्ष मंसिरमा मन्त्रालयले सामाजिक सञ्जाल सम्बन्धी कार्यविधि जारी गर्‍यो । उक्त कार्यविधिको दफा ३ मा सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने सम्बन्धी व्यवस्था छ । यो दफाअनुसार सूचीकरण हुन तयार भएपछि टिकटक खोल्न लागिएको हो ।

 

सोही कार्यविधिको दफा ४ मा सामाजिक सञ्जाल के कसरी सञ्चालन हुन पाउने भनेर परिधि तोकिएको छ । कार्यविधिले साना र ठूला सामाजिक सञ्जाल भनेर छुट्याउँदै १ लाखभन्दा बढी प्रयोगकर्ता भएकालाई ठूला र त्यसभन्दा कम प्रयोगकर्ता भएकालाई सानाको श्रेणीमा राखेको छ । सामाजिक सञ्जाल सञ्चालकमात्र नभएर प्रयोगकर्ताहरूका जिम्मेवारी पनि तोकिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्नेले गुनासो सुन्ने अधिकारीको अनिवार्य व्यवस्था गर्नुपर्छ ।

 

कार्याविधि अनुसार नेपालमा कुनैपनि सामाजिक सञ्जाल चलाउनका लागि मन्त्रालयमा सूचीकरण हुनु पहिलो शर्त हो । सूचीकरणका लागि निवेदनको फर्म्याट पनि कार्यविधिमा राखिएको छ । तर, कार्यविधि आएको एक वर्ष पुग्न लाग्दा पनि भाइबरबाहेक कुनै पनि सामाजिक सञ्जाल सूचीकरण भएका छैनन् । तर, टिकटकबाहेक सबै सामाजिक सञ्जाल निस्फिक्री चलिरहेका छन् ।

 

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सद्भाव बिथोलेको बहानामा टिकटकमाथि प्रतिबन्ध गरेको थियो । टिकटक चिनियाँ एप हो । नेपालको छिमेकी भारतलगायत चीनविरोधी थुप्रै देशहरूले टिकटकलाई प्रतिबन्ध लगाएका छन् ।

 

प्रतिबन्ध लागेदेखि नै नेपालमा टिकटकले निरन्तर फुकुवाका लागि प्रयास गरिरहेको थियो । यसअघि पनि पत्र पठाएर नेपालको कानून पालना गर्ने प्रतिवद्धता जनाएको हो । तर, सरकार लचिलो भएको थिएन । प्रचण्ड सरकार ढलेर ओली प्रधानमन्त्री भएपछि टिकटक खुल्ने वातावरण बनेको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०५:५८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

वि.सं.२०८२ असार २७ शुक्रवार १२:५०

काठमाडौं: माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम...

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

वि.सं.२०८२ असार २७ शुक्रवार १२:३६

काठमाडौं: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि...

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

वि.सं.२०८२ असार २६ बिहीवार १४:३०

काठमाडौं: गत आर्थिक वर्षको तुलनामा यस वर्ष नेपालको अर्थतन्त्र चार...

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

वि.सं.२०८२ असार २६ बिहीवार १४:११

काठमाडौं: नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टीको केन्द्रीय अनुशासन समितिले...

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

वि.सं.२०८२ असार २६ बिहीवार ०९:४८

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा...