Texas College
YouTube Link

न्यूरोडमा खटाइयो बाक्लो संख्यामा महानगर प्रहरी

Facebook Link

 

काठमाडौं: काठमाडौं महानगरपालिकाले न्यूरोडमा बुधबारदेखि फुटपाथ बढाउने कार्य पुनः अगाडि बढाएसँगै स्थानीयले विरोध जनाएका छन् । शुक्रबार बिहान न्युरोडमा स्थानीयहरू उत्रिएर विरोध गरेपछि काठमाडौं महानगरपालिकाले बाक्लो संख्यामा महानगर प्रहरीसँगै नेपाल प्रहरीको टोली खटाएको छ ।

 

उच्च अदालत पाटनले असार ३० गते फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले विस्तारको काम पुनः थालेको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरको मागअनुसार अन्तरिम आदेश दिएपछि काम फेरि सुरू भएको हो । महानगरले न्यूरोड क्षेत्रलाई पैदलमैत्री बनाउन खोजेको छ । त्यसका लागि गत जेठ ११ गतेदेखि काम सुरू गरेको  थियो ।

 

तर डिभिजन सडक कार्यालय काठमाडौंले काम रोक्न जेठ १३ र १६ गते गरी दुइटा पत्र पठायो । डिभिजनले पठाएको पत्रविरूद्ध महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दिएको थियो । रिट निवेदनमा महानगरले आफ्नो क्षेत्रभित्रको वडा नम्बर २२, २३ र २४ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ को बजेटबाट फुटपाथ विस्तार गर्ने योजना अनुरूपको कार्य सञ्चालन गर्न पाउनुपर्ने अन्तरिम आदेश माग गरेको थियो ।

 

त्यस्तै उच्च अदालतको अन्तरिम आदेश अनुसार राष्ट्रिय यातायात नीति २०५८ ले सहरी सडकलाई परिभाषित गर्दै यसको निर्माण, मर्मत सम्भारको जिम्मेवारी स्थानीय तहको हुने भनेर उल्लेख गरेको छ । ‘भौतिक योजना तथा निर्माण मन्त्रालय, राष्ट्रिय यातायात नीति २०५८ को बुँदा नम्बर ७.१.४ ले सहरी सडकको परिभाषा गरी सडकको निर्माण, मर्मत सम्भार समेतको कार्य गर्ने जिम्मेवारी स्थानीय तहमा रहने भनी उल्लेख गरेको देखियो । यसअघिको आदेशअनुसार प्राप्त भएका आयोजना वर्गीकरण सम्बन्धी मापदण्ड २०८०, संघ प्रदेश तथा स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको बाँडफाँट र विस्तृतीकरणले सडक सम्बद्ध विषयवस्तुका हकमा गरेको प्रबन्ध एवं निवेदकले विपक्षीलाई मिति २०८० असोज ४ गते फुटपाथ विस्तार गर्ने सम्बन्धमा लेखेको पत्र र सोको जबाफ निवेदकलाई प्रेषित नगरी विपक्षी अनुत्तरित अवस्थामा रहेको पाइयो,’ आदेशमा भनिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...