YouTube Link

प्रधानमन्त्री प्रचण्डका विपक्षमा मतदान गर्न नेपाली कांग्रेसको ह्विप जारी, सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जारी गरेको निर्देशन पत्रमा भनिएको छ ।

 

‘असार २८ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

असार १७ गते संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित नयाँ सत्तासमीकरण बनाउने सहमति भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल एमालेले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

 

प्रचण्डलाई सरकारबाट हटाएर दुई दलको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी छ । सत्तामा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जसपा, नागरिक उन्मुक्तिले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सत्ता संकटमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन् । तर, प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन ।

 

हाल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्छ । अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८८ र दोस्रो ठूलो दल नेकपा एमाले ७९ जना सांसद छन् । यी दुवैलाई जोड्दा पनि बहुमत पुग्ने अर्थात् १६७ सिट पुग्ने अवस्था छ । एमाले-कांग्रेसको नयाँ गठबन्धनलाई राप्रपा, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपाको समर्थन रहेको छ । हालसम्म प्रचण्ड सरकारको पक्षमा माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...