YouTube Link

शुक्रबारदेखिको भारी वर्षातले देशभर २४ वटा सडक अवरुद्ध

Facebook Link

 

काठमाडौं: शुक्रबारदेखिको भारी वर्षातले देशभर २४ वटा सडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार २०१ वटा सडकमध्ये ७६ वटा सडक मात्रै पूर्ण रुपमा सञ्चालन भइरहेका हुन् । विभागले १०१ सडक एकतर्फी रुपमा चालू रहेको जनाएको छ । केही सडक १७ दिनदेखि अवरुद्ध छन् भने अधिकांश सडक शनिबार र आइतबार बिहानदेखि बन्द भएका छन् ।

 

अवरुद्ध हुने सडकमा जमुनाह-नेपालगन्ज-कोहलपुर-सुर्खेत सडकखण्डका २ ठाउँमा छ । कालिकोटको स्मोडमा १२ घण्टा अवरुद्ध भएको छ । कालिकोटकै टाकुल्ला स्थानमा आइतबार बिहानबाट बन्द भएको छ । कालिकोटको हुल्ममा शनिबारदेखि नै सडक बन्द छ ।

 

सिन्धुपाल्चोकको कोदारीमा करिब ४० घण्टादेखि सडक रोकिएको सडक विभागले जनाएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुरमा जिल्लामा सडक अवरुद्ध भएको छ । सोही राजमार्गको डडेल्धुराअन्तर्गत अर्नाखोलीमा ७ घण्टादेखि बन्द छ । मध्यपहाडीकै सिन्धुली कुडुलेमा साढे ९ घण्टादेखि बन्द छ । सिन्धुलीकै सुमनाम बेसीमा १० घण्टादेखि सडक आवागमन बन्द भएको छ । कान्तिराजपथ शनिबारदेखि नै पूर्ण रुपमा बन्द छ ।

 

मुस्ताङको मार्फा खोलामा शनिबारबाटै सडक बन्द भएको छ । बाग्लुङको दब्ल्यांग भीरमा शुक्रबारबाट सडक रोकिएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको काउटे मनेवा आइतबार बिहानैदेखि बन्द छ। म्यग्दीको सिरुबारीमा शुक्रबारबाट गाडी गुड्न पाएका छैनन् । स्याङ्जाको रातोडाँडा बिसौनामा बिहीबारबाट सडक रोकिएको अहिलेसम्म खुलाउन सकेको छैन । असार १८ गतेबाट रोकिएको लमजुङको निमाङमा पहिरो जाँदा सडक बन्द भएको छ । संखुवासभाको समाटार १७ दिनदेखि बाटो बन्द छ । राप्ती राजमार्गको सल्यानमा आइतबार बिहानदेखि सडक बन्द भएको छ। भेडेटार रबि राँके सडकमा पनि शनिबारबाट गाडी गुड्न पाएका छैनन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...