YouTube Link

बैंक तथा वित्तीय संस्थमा पछिल्लो एकदिनमै १० अर्ब रुपैयाँ निक्षेप थपियो

World Cup 2026
Facebook Link

 

काठमाडौं: बैंक तथा वित्तीय संस्थामा पछिल्लो एकदिनमै १० अर्ब रुपैयाँ निक्षेप थपिएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल बैंकहरुको कुल निक्षेप ६३ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।

 

यो गत सोमबारसम्मको तथ्याङ्क हो । गत आइतबारसम्ममा भने बैंकहरुसँग ६३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यति बेला चालु आर्थिक वर्ष सकिन लागेकको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी हुँदा बैंक तथा वित्तीय संस्थाहरु कर्जा असुलीमा लागेका छन् । असार मसान्तकोको चापले पनि निक्षेप संकलन बढेको बैंकरहरु बताउँछन् । यतिबेला बैंक तथा वित्तीय संस्थाहरुले पनि कर्जा असुलीमा सक्रिय छन्, जसले निक्षेप बढीरहेको बैंकरहरु बताउँछन् ।

 

समिक्षा अवधिमा वाणिज्य बैंकहरुमा पनि एकैदिन ९ अर्ब रुपैयाँ निक्षेप भित्रीएको छ । गत आइतबारसम्म वाणिज्य बैंकमा ५६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप थियो । तर, त्यसको भोलिपल्ट नै ९ अर्ब बढेर ५६ अर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । यता, निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह भने सुस्त नै छ । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार गत आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, सोमबारसम्म भने २ अर्ब बढेर ५१ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ ।

 

समिक्षा अवधिमा वाणिज्य बैंकहरुले मात्रै १ अर्ब कर्जा लगानी बढाएका छन् । गत आइतबारसम्म बैंकहरुले ४५ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, त्यसको भोलिपल्ट अर्थात् असार १७ गतेसम्म आइपुग्दा भने १ अर्ब बढेर ४५ खर्ब ५७ अर्ब रुपैयाँ कायम भएको छ । बैंकहरुमा लगानीयोग्य पुँजी बढेता पनि कर्जा माग भने न्युन छ । बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर पनि घटेको छ । हाल यस्तो ब्याजदर ३ प्रतिशत बिन्दुमा झरेको छ ।

 

यता, बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि क्रमिक रुपमा घटी रहेको छ । राष्ट्र बैंकका अनुसार हाल सीडी रेसियो ७९.०९ प्रतिशत कायम भएको छ। एक दिनमै ०.०९ प्रतिशत बिन्दुले घटेको हो । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् । हाल बैंकहरु कर्जा प्रवाहका लागि एकदमै सहज अवस्था छन् । तर, कर्जाको माग नहुँदा बैंकमा अधिकत तरलता थुप्रिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...