YouTube Link

१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला माननीय केपी ओलीज्यू: मेयर बालेन्द्र शाह

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापाको गिरीबन्धु चियाबगानले हदबन्दी छुट पाएको जग्गा बिक्री सम्बन्धी नीतिगत घोटालामा नेकपा एमालेका अध्यक्ष केपी ओलीको हात रहेको आरोप लगाएका छन् ।

 

मेयर बालेनले सामाजिक सञ्जालमार्फत १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने प्रयास गरिरहेको पनि बताएका छन् । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला माननीय केपी ओलीज्यू,’ सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनुभएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

 

मेयर बालेनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूहरूले बनाउन लागेको फुटपाथलाई फेरि सडक बनाउन लगाएको पनि आरोप लगाएका छन् । ‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन विषयान्तर गरेपनि काम हुनु राम्रो हो,’ व्यंग्यात्मक शैलीमा उनले लेखेका छन्, ‘तपाईंको शक्तिले अब रिङरोड बनाउनू, बुटवल-चितवनमा बाटो बनाउनू । यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।’

 

गृहमन्त्री रवि लामिछाने झापाको गिरीबन्धु जग्गा प्रकणमा मौन बसेकोप्रति पनि बालेनले कटाक्ष गरेका छन् । उनले समयमै गिरीबन्धुमा पीडित भएकाहरूको बैना फिर्ता गर्न पनि ओलीलाई आग्रह गरेका छन् । ‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला,’ उनले ओलीलाई लक्षित गर्दै भनेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो !’

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

वि.सं.२०८१ माघ १३ आइतवार १७:०९

काठमाडौं: पटक-पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...