YouTube Link

१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला माननीय केपी ओलीज्यू: मेयर बालेन्द्र शाह

Facebook Link

 

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापाको गिरीबन्धु चियाबगानले हदबन्दी छुट पाएको जग्गा बिक्री सम्बन्धी नीतिगत घोटालामा नेकपा एमालेका अध्यक्ष केपी ओलीको हात रहेको आरोप लगाएका छन् ।

 

मेयर बालेनले सामाजिक सञ्जालमार्फत १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने प्रयास गरिरहेको पनि बताएका छन् । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला माननीय केपी ओलीज्यू,’ सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनुभएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

 

मेयर बालेनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूहरूले बनाउन लागेको फुटपाथलाई फेरि सडक बनाउन लगाएको पनि आरोप लगाएका छन् । ‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन विषयान्तर गरेपनि काम हुनु राम्रो हो,’ व्यंग्यात्मक शैलीमा उनले लेखेका छन्, ‘तपाईंको शक्तिले अब रिङरोड बनाउनू, बुटवल-चितवनमा बाटो बनाउनू । यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।’

 

गृहमन्त्री रवि लामिछाने झापाको गिरीबन्धु जग्गा प्रकणमा मौन बसेकोप्रति पनि बालेनले कटाक्ष गरेका छन् । उनले समयमै गिरीबन्धुमा पीडित भएकाहरूको बैना फिर्ता गर्न पनि ओलीलाई आग्रह गरेका छन् । ‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला,’ उनले ओलीलाई लक्षित गर्दै भनेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो !’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...