Rajshow Bivag

संसदको हिउँदे अधिवेशन अन्त्य

Departmant of helth services

 

काठमाडौं: संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त संसद अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाएका थिए ।

 

आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र विपक्षी दल राप्रपाका सांसदले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेको क्रम सङ्ख्या १ देखि ७ सम्मको कार्यक्रम सूचीबाट हटाएका थिए । त्यसपछि विरोधमा उभिएका सांसदहरु बसेका थिए ।

 

आजको बैठकमा संसदको तेश्रो अधिवेशनमा भएका कामकारवाहीका बारेमा जानकारी गराउदै सभामुख देवराज घिमिरेले २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु भएको अधिवेशनमा २३ पटक बैठक बसेको जानकारी गराए । यस अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैर सरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए जसमध्ये ‘विद्युतीय व्यापार विधेयक, २०८०’ माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भैसकेको सभामुख घिमिरेले जानकारी दिए ।

 

त्यस्तै प्रतिनिधिसभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरु मध्ये ‘अनुगमन तथा मूल्याङकन विधेयक, २०७६’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सभाबाट पारित भएको छ भने बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन् । तेश्रो अधिवेशनमा कूल ३ वटा विधेयक पारित भएको उनको भनाइ छ ।

 

तेश्रो अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको महसुस गरेको बताए । उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास व्यक्त गरे ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...