रिक्त राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदै
वि.सं.२०८० चैत २८ बुधवार ०७:१०
993
shares
काठमाडौं: राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ । आज दिउँसो बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ । उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरेले मनोननय दर्ता गराएकी छिन् भने नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकी छिन् । नयाँ सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।
वि.सं.२०८० चैत २८ बुधवार ०७:१०



















