YouTube Link

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४ सम्पन्न

Facebook Link

 

काठमाडौं: नेपाल पर्यटन बोर्ड, नेपालस्थित चीनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना तथा नेपाल ओभरसिज चाइनिज एसोसिएसन, लुम्बिनीस्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसनसंगको सहआयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, ग्रीनरोड तथा छांगन अटोमावाइलको सहकार्यमा यही चैत्र २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४ सम्पन्न भएको छ ।

 

लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन गर्नुका साथै नेपाल र चीनबीचको जनस्तरको सद्भाव र सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षाका साथ आयोजना गरिएको यस कार्यक्रममा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस, र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनवटा प्रमुख कार्यक्रमहरू समावेश रहेका थिए ।

 

 

जस अन्तर्गत चैत्र २३ गते साँझ ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस’ को उपलक्ष्यमा सम्वाद कार्यक्रम तथा २४ गते बिहान ७ बजे लुम्बिनी पवित्र उद्यानमा सयजना भिक्षु, भिक्षुणी र अन्य करिब ४ सय सहभागीहरुसंग अन्तर्राष्ट्रिय ध्यान दिवस आयोजना गरिएको थियो भने २५ गते सांझ विश्व शान्ति र सद्भावको लागि आह्वान गर्दै पीस कन्सर्ट आयोजना गरिएको थियो ।

 

प्रतियोगिता अन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमीटर बढीको म्याराथन, महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड र पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्र छात्राको लागि तीन किलोमिटरको वाकाथन पनि प्रतियोगितामा समावेश गरिएको थियो ।

 

 

पीस कन्सर्टमा नेपाली गायिका आनी छोयिङ डोल्मा सहित चिनियाँ कलाकारको प्रस्तुती

पीस कन्सर्टमा विश्वप्रसिद्ध नेपाली गायिका आनी छोयिङ डोल्माले बौद्ध भजन र भजन सहित आफ्ना १० वटा लोकप्रिय गीतहरू प्रस्तुत गरेकी थइन भने प्रसिद्ध चिनियाँ लोक गायिका वुलान तुयाले आफ्ना लोकप्रिय गीतहरू ‘हाई अन द ग्रासल्याण्ड लुकिंग एट बेइजिङ’ र ‘हर्स हार्नेसिङ’ प्रस्तुत गरेकी थिइन । प्रसिद्ध गुकिन वाद्यबाधक लु निङले प्राचिन चिनीयाँ बाद्यवाधन गुकिनबाट संगीत प्रस्तुत गरेकी थिइन भने यस्तै सो अवसरमा नेपाली कलाकार मनोज सिंह, ग्रामी मनोनीत, गोपाल रसाइलीले, सञ्जय श्रेष्ठ र प्रिन्स नेपालीले प्रस्तुति दिएका थिए । यस्तै लुम्बिनीका कलाकारहरूले नेपालको तराईको समृद्ध संस्कृति झल्काउने ‘बिरहा’ र ‘ढेलुवा’ नृत्य प्रस्तुत गरेका थिए ।

 

 

कार्यक्रममा नेपालका लागि महामहिम राजदूत चेन सोङ चिनियाँ दूतावास, लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्य, नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे–थापाले लुम्बिनीले विश्व शान्ति र विकासका लागि खेल्न सक्ने भूमिका धारणा राखेका थिए । ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ को चैत्र २३ गते उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...