YouTube Link

देशको भौगोलिक सीमाना कोरिए पनि मानवीयताको कुनै सिमाना हुँदैन: उपसभामुख इन्दिरा रानामगर

Facebook Link

 

ललितपुर: उपसभामुख इन्दिरा रानामगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताए । गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा पाटन दरबार सङ्ग्रहालयमा आज भएको फोटो प्रदर्शनीले त्यहाँको कला, संस्कृति र सभ्यताका साथै प्राकृतिक सुन्दरता उजागर गरेको बताए ।

 

उपसभामुख राना मगरले आफू चीनमा पुग्दा त्यहाँको रहनसहन र परम्परागत संस्कृतिलाई देख्ने मौका पाएको बताउँदै त्यहाँको प्राकृतिक सुन्दरता, रीतिरिवाज, परम्परागत संस्कृतिहरुको प्रतिनिधित्व फोटो प्रदर्शनीले गरेको उल्लेख गरे । “फोटोले धेरै परिवर्तनका कुराको प्रतिनिधित्व गरेको छ । प्रदर्शनीमा राखिएका फोटोले देशमा आएको परिवर्तन, त्यहाँको कला, संस्कृति, वेषभूषा, रीतिरिवाजको पनि प्रतिविम्बित गर्दछ”, उनले भने, “दुई देशबीच धेरै कुरामा समानता पाइन्छ । देशको भौगोलिक सीमाना कोरिए पनि मानवीयताको कुनै सिमाना हुँदैन भन्ने कुरा प्रष्ट पारेको छ ।”

 

 

गान्सु मोर्डन फोटोग्राफी समाजका उपाध्यक्ष वाङ ज्यान सिनले फोटोग्राफीको विकास, प्रवर्द्धनमा लागेको आफ्नो संस्थाबाट विश्व सम्पदा सूचीमा प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले फोटो प्रदर्शनीबाट दुई देशबीचको कला, संस्कृति र सभ्यताको जानकारी आदानप्रदान हुनुका साथै दुई देशका फोटो पत्रकारका संस्थाबीचको सहकार्यले एकले अर्को देशको नागरिकस्तरमा सम्बन्ध कायम गर्ने अवसर मिलेको बताए ।

 

राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष प्रदीपराज वन्तले प्रदर्शनीले चाइनाको अनुभूति दिलाउँदै नेपाल र चाइनाबीचको पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए । उनले फोटो प्रदर्शनीले दुई देशबीच सामिप्यता बढाउने बताए । नेपाल चाइना फ्रेण्डसीप फोरमका अध्यक्ष डा कल्याणराज शर्माले चीनको हरेक सहरको उत्तिकै विकास भएको बताउँदै त्यहाँको रहनसहन नेपालसँग मिल्दोजुल्दो भएको बताए । उनले गान्सु प्रदेश जनजातिको बस्ती भएको बताउँदै त्यहाँको फोटो प्रदर्शनीले नेपालको विकासका लागि पनि सहयोगी हुनसक्छ भन्ने अपेक्षा रहेको बताए ।

 

 

नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलका अध्यक्ष डा हरिश्चन्द्र शाहले यस प्रदर्शनीले नेपाल र चीनबीचको प्राचीन सभ्यता र संस्कृतिलाई नजिकबाट बुझ्न सहयोग पुर्‍याएको र सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने बताए । तीन हजार भन्दाबढी सदस्य रहेको गान्सु मोर्डन फोटोग्राफी संस्थाबाट १६ जना उपस्थिति थियो ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...