YouTube Link

असफल भइसकेको गठबन्धनकै कारण जनताको आक्रोश र निराशा भयावह ढंगले बढ्यो: एमाले अध्यक्ष केपी ओली

Facebook Link

 

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित भएको बताएका छन् । पार्टी कार्यालय च्यासलमा मंगलबार पार्टीको ७औं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता र मुलुकका मुद्दामा गठबन्धन केन्द्रित नरहेको र नितान्त एमालेको विरुद्ध केन्द्रित रहेको बताएका हुन् ।

 

एमाले माथिको प्रहार लोकतान्त्रिक अभ्यासबाट शान्तिपूर्ण तवरले परास्त गर्ने उनले बताए । ओलीले देशका लागि असफल भइसकेको गठबन्धनकै कारण जनताको आक्रोश र निराशा भयावह ढंगले बढिरहेको आरोप लगाए । जनतामा रहेका असन्तुष्टिलाई दक्षिणपन्थी प्रतिक्रियावादी भित्री र बाहिरी शक्तिले असन्तुष्टिलाई प्रयोग गर्न खोजिरहेको उनले बताए ।

 

सक्कली राजतन्त्र ५८ साल जेठ १९ गते समाप्त भइसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसपछि राजनीतिक कमजोरीको फाइदा उठाउँदै कुशको नक्कली राजतन्त्र खडा गरिएको तर्क गरे । उनले जनआन्दोलनको रापतापले फालेको राजतन्त्र फेरि ल्याउने मीठो सपना र कल्पना बोकेर आफ्नो दुनो सोझ्याउने धन्दा मौलाएको धारणा राखे ।  अहिलेको गठबन्धनको असफलताले नयाँ शक्ति भन्दै स्वतन्त्र पार्टी भन्नेहरू जन्मिएको  र असफल गठबन्धनकै कारण राजतन्त्रको कुरा उठिरहेको उनले बताए । ओलीले एमालेका विरुद्ध झुटो लान्छना लगाउने कामले देशका लागि कोही छैन भन्ने भाष्य सिर्जना भएको जिकिर गरे ।

 

यस्तै उनले गठबन्धनले आफूसँग देशलाई डुबाउन खोजेको भन्दै एमालेले देशलाई जोगाउँदै सुशासन र विकासलाई अघि बढाउनुपर्ने बताए । ओलीले शान्ति प्रक्रियाका कामलाई पीडितलाई न्याय दिने गरी छिटोभन्दा छिटो टुङ्गोमा पुर्याउनुपर्नेमा एमालेको जोड रहेको पनि बताए । फागुन १० गतेसम्म चल्ने एमाले केन्द्रीय कमिटीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र दबाबको एजेन्डा तथा समसामयिक प्रस्तावमाथि छलफल भइ निष्कर्ष निकाल्ने एमालेले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...