लुम्बिनी प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वि.सं.२०८० फागुन ८ मंगलवार १४:३६
1.5K
shares
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका सांसद जानकी प्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सांसद यादवसहित जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गाबहादुर कार्की, महेन्द्रराज वाग्लेसमेत गरी १९ जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यादव कपिलवस्तु-३(२)बाट राप्रपाका निर्वाचित सांसद हुन् । आयोगका प्रवक्ता नरहरि घिमिरेले गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यू फिट काठ कटान गरी अनियमितता गरेको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको बताए ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यू फिट काठ कटान गरी २९ लाख १२ हजार १९३ रुपैयाँ अनियमितता गरेको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको बताए । तत्कालीन वन अधिकृतहरू भट्ट, कार्की र राजपुतलाई २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो बमोजिमको जरिवाना र बिगोसमेत असुल गर्न माग दावी गरिएको अख्तियारले जनाएको छ ।
वन रक्षक सन्जय थारु, वन रक्षकद्वय संजय केवट र रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वन रक्षक बासुदेव गोडिया (अवकास)लाई पनि सोही रकम बराबरको बिगो माग दावी गरिएको आरोपपत्रमा उल्लेख छ । यसैगरी गौतम बुद्ध साझेदारी वन व्यवस्थान समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्र वाग्ले, सहायक वन अधिकृत (तत्काल निलम्बित) ब्रहमदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा र सहायक वन अधिकृत गणेश कुमार थारुविरुद्ध बिगो बमोजिमको जरिवाना र बिगोसमेत असुल उपर गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
वि.सं.२०८० फागुन ८ मंगलवार १४:३६



















