YouTube Link

एन्फा महासचिव किरण राईमाथि भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता

Facebook Link

 

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि भ्रष्टाचारको आरोप लागेको छ । महासचिव राईले भ्रष्टाचार गरेको आरोप लगाउँदै सरिता परियारले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएकी छन् ।

 

उजुरी पत्रमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघ (एन्फा) र शेर्पा आउट डुअर स्पोर्टस् गुड्स इण्डष्ट्रिज (केटिएम सिटी) बीच एन्फालाई आवश्यक पर्ने खेल सामाग्री आपूर्ति सम्झौता गरिएको थियो । संघका महासचिव किरण राईले पदको दुरुपयोग गरि बक्यौता रकम देऊभन्दा पटक पटक बार्गेनिङ्ग गर्दै रकम लिने गरेको र रकम दिएमा अबको कन्ट्रयाक पनि तपाईंको कम्पनीलाई नै दिन्छु भनेर केटिएम सिटीबाट रकम बुझिलिने गरेको जानकारी आएको छ ।’

 

महासचिव राईले पटक पटक गरी २५ लाख रुपैयाँ लिएको आरोप लागको छ । उजुरीमा केटिएम सिटीका सीईओ निमा शेर्पा र त्यही कम्पनीका प्रतिनिधि राजु सिंहबीच भएको ह्वाट्सएप म्यासेजका अनुसार सीईओ शेर्पासँग राईले रकम बुझेको दाबी गरिएको छ । महासचिव राईले २३ जुन, २०२३ मा दरबारमार्ग पुरानो घरबाट दिनको २:२० बजे ५ लाख रुपैयाँ लिएको दाबी उजुरीमा गरिएको छ । त्यस्तै २ जुलाई २०२३ मा पुरानो बानेश्वरस्थित हट ब्रेड रेष्टुरेन्टमा १० लाख रुपैयाँ र २० देखि २५ सेप्टेम्बरमा बानेश्वरस्थित रातो भाले रेष्टुरेन्टमा १० लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...