YouTube Link

करिब तीन हजार जनालाई शहीद घोषणा गर्दै सरकार

Facebook Link

 

काठमाडौं: अहिले शहीद सप्ताह चलिरहेको छ । राणा शासनमा चार शहीदलाई माघदेखि १६ गतेको समयमा मारिएको सन्दर्भ पारेर हरेक वर्ष शहीद सप्ताह मनाउँदै आइएको छ ।

 

यही समयको छेको पारेर आर्थिक मन्दीका बेला सरकारले करिब तीन हजार शहीदको नाम राजपत्रमा प्रकाशित गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई दुई हजार ६ सय भन्दा बढी शहीदको सूची दिइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शनिबार ३ हजार शहीदको नाम थप्ने तयारी गरेको अभिव्यक्ति दिएका थिए ।

 

सरकारले विगतमा माओवादी सशस्त्र युद्धमा मारिएकासहित विभिन्न कारणले ज्यान गुमाएकाहरुलाई समेत थपेर शहीदको सूचीमा प्रकाशनको तयारी थालेको हो ।  सरकारले विभिन्न घटना–दुर्घटनामा परी ज्यान गुमाएकाहरूलाईसमेत समेटेर २ हजार ६०१ जनालाई थप शहीद घोषणा गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार यस पटक राजपत्रमा सूचना प्रकाशित गरेसँगै नेपालमा शहीदको संख्या १४ हजार ७९८ पुग्नेछ । मन्त्रिपरिषद् बैठकले थप शहीद घोषणा गर्ने निर्णय गरिसकेको छ ।

 

शहीदको सूचीमा थपेर प्रत्येक परिवारलाई १० लाख रुपैयाँ बाँड्ने सम्मको तयारीलाई सरकारले अन्तिम रुप दिएको छ ।  सरकारले माघ १६ गते शहीद दिवस मनाउँदैछ । सोही दिन पारेर शहीद घोषणाको तयारी गरिएको हो ।  चालु खर्चसमेत धान्न नसक्ने अवस्थामा सरकारको पुगेको बेला प्रधानमन्त्री दाहालले शहीदको नाममा कार्यकर्ता पोस्ने दाउ अगाडि सारे पनि गठबन्धनका सहयात्री दलहरु मौन रहेका छन् ।

 

शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले  मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका थिए । ‘तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिइएको हो । तीन हजारको सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

२०६३ जेठ २१ गतेको मन्त्रिपरिषद्ले जनआन्दोलनका क्रममा निधन भएका २१ जनालाई शहीद घोषणा गरेको थियो । त्यसैगरी माओवादी द्वन्द्वका क्रममा मृत्युवरण गर्ने प्रहरी, सेना, सशस्त्र, निजामती कर्मचारी, राष्ट्रिय अनुसन्धान विभागका २ हजार ८९४ जनाको नाम शहीदको सूचीमा थियो । यसैगरी माओवादीका ६ हजार ९४६ जना र अन्य १ हजार ६२६ गरी ८ हजार ५७२ जनालाई पनि शहीद घोषणा गरिएको थियो ।  त्यसपछि तराई मधेस आन्दोलनका क्रममा मृत्युवरण गर्ने र विभिन्न आन्दोलनका नाममा मृत्यु भएकाहरूलाई पनि सरकारले शहीद घोषणा गर्ने सौदाबाजी गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...