Texas College
YouTube Link

राष्ट्रपतिबाट आज सर्वोच्चका ६ न्यायाधीशले शपथ लिँदै

Facebook Link

 

काठमाडौं: सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुँदैछ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका सर्वोच्चका ६ जना न्यायाधीशले आज शपथ ग्रहण गर्नेछन् ।

 

उनीहरुलाई आज दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै  राष्ट्रपति रामचन्द्र पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका थिए ।  योसँगै सर्वोच्चमा २० जना न्यायाधीश हुनेछन् । २१ न्यायाधीश हुने सर्वोच्चमा अझै एक पद खाली हुनेछ ।

 

न्यायपरिषद्ले मंसिर ६ गते उनीहरुको नाम सिफारिस गरेको थियो । राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराएपछि नियुक्त भएका न्यायाधीशले जिम्मेवारी सम्हाल्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...