Rajshow Bivag

हर्क साम्पाङ र बालेन्द्र शाहको भेट: मिलेर नयाँ राजनीतिक दल गठन गर्न लागेको बजारमा चर्चा सुरु

Departmant of helth services

 

काठमाडौं: स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका काठमाडौं महानगरपालिकाका बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका हर्क साम्पाङ मिलेर नयाँ राजनीतिक दल गठन गर्न लागेको चर्चा सुरु भएको छ ।

 

काठमाडौंमा मेयर शाहसँग भेट गरेपछि मेयर साम्पाङले एक वाक्यको एउटा स्टाटसलाई धेरैले अर्थपूर्ण मानेका छन् । हर्कले लेखेका छन्, ‘हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ ।’ भेटलगत्तै उनले यस्तो अभिव्यक्ति दिनुले दुई मेयरबीच कुनै राजनीतिक निर्माणको प्रारम्भिक समझदारी भएको हो कि भन्ने आशंका धेरैले गरिरहेका छन् ।

 

शुक्रबार झन् साम्पाङले प्रस्ट भाषामा सोधेका छन्, ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनुहुन्छ ?’ अहिले हर्कले सामाजिक सञ्जालमा लेखेको स्टाटसले अलिकति कौतुहल अवश्य बढाएको छ । यद्यपि, बालेन र हर्क साम्पाङबीचको भेटमा कुनै राजनीतक विषयवस्तुमा कुराकानी नभएको बताईएको छ ।

 

बालेन र हर्कबीचको भेटमा धरानको खानेपानी समस्याका बारेमा विस्तृत छलफल भएको थियो । बालेनले यो समस्या समाधानका लागि अन्तर्राष्ट्रिय डोनर जुटाउनका लागि हर्कलाई सहयोग गर्ने आश्वासन दिएका छन् । हर्कले आफू बारम्बार काठमाडौं धाउन नसक्ने भएकाले बालेनसँग अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग समन्वयका लागि सहयोग मागेका थिए ।

 

धेरैलाई अब २०८४ सालको चुनावमा बालेनले के गर्छन् भन्ने चासो छ । कतिले उनी नयाँ पार्टी खोलेर चुनाव लड्न सक्ने अनुमान गरेका छन् । कतिले फेरि काठमाडौंको मेयरमै उठ्न सक्ने आंकलन गरेका छन् । अनि कतिको चाहना चाहीँ बालेन, रवि लामिछाने र हर्क साम्पाङजस्ता वैकल्पिक धारका नेताहरु एकै ठाउँ उभिएर ८४ सालको चुनावमा ठूला दलहरुलाई स्वीप गरिदिए हुन्थ्यो भन्ने छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...