YouTube Link

हर्क साम्पाङ र बालेन्द्र शाहको भेट: मिलेर नयाँ राजनीतिक दल गठन गर्न लागेको बजारमा चर्चा सुरु

Facebook Link

 

काठमाडौं: स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका काठमाडौं महानगरपालिकाका बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका हर्क साम्पाङ मिलेर नयाँ राजनीतिक दल गठन गर्न लागेको चर्चा सुरु भएको छ ।

 

काठमाडौंमा मेयर शाहसँग भेट गरेपछि मेयर साम्पाङले एक वाक्यको एउटा स्टाटसलाई धेरैले अर्थपूर्ण मानेका छन् । हर्कले लेखेका छन्, ‘हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ ।’ भेटलगत्तै उनले यस्तो अभिव्यक्ति दिनुले दुई मेयरबीच कुनै राजनीतिक निर्माणको प्रारम्भिक समझदारी भएको हो कि भन्ने आशंका धेरैले गरिरहेका छन् ।

 

शुक्रबार झन् साम्पाङले प्रस्ट भाषामा सोधेका छन्, ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनुहुन्छ ?’ अहिले हर्कले सामाजिक सञ्जालमा लेखेको स्टाटसले अलिकति कौतुहल अवश्य बढाएको छ । यद्यपि, बालेन र हर्क साम्पाङबीचको भेटमा कुनै राजनीतक विषयवस्तुमा कुराकानी नभएको बताईएको छ ।

 

बालेन र हर्कबीचको भेटमा धरानको खानेपानी समस्याका बारेमा विस्तृत छलफल भएको थियो । बालेनले यो समस्या समाधानका लागि अन्तर्राष्ट्रिय डोनर जुटाउनका लागि हर्कलाई सहयोग गर्ने आश्वासन दिएका छन् । हर्कले आफू बारम्बार काठमाडौं धाउन नसक्ने भएकाले बालेनसँग अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग समन्वयका लागि सहयोग मागेका थिए ।

 

धेरैलाई अब २०८४ सालको चुनावमा बालेनले के गर्छन् भन्ने चासो छ । कतिले उनी नयाँ पार्टी खोलेर चुनाव लड्न सक्ने अनुमान गरेका छन् । कतिले फेरि काठमाडौंको मेयरमै उठ्न सक्ने आंकलन गरेका छन् । अनि कतिको चाहना चाहीँ बालेन, रवि लामिछाने र हर्क साम्पाङजस्ता वैकल्पिक धारका नेताहरु एकै ठाउँ उभिएर ८४ सालको चुनावमा ठूला दलहरुलाई स्वीप गरिदिए हुन्थ्यो भन्ने छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...