YouTube Link

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

Facebook Link

 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि चार वर्ष प्रतिक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिने विकल्प अघि सारेका छन् । सोमबारदेखि सुरु भएर बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै लामिछानेले चार वर्ष पर्खदा मूलुक झन् उधो गतिमा जाने उल्लेख गरेका छन् ।

 

‘एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ?’ प्रतिवेदनमा उनले भनेका छन् । सबै पुराना दलहरू मिलेर सत्ता सञ्चालन गर्न उपयुक्त हुने धारणा लामिछानेले राखेका छन् । प्रतिपक्षी भूमिका आफ्नो पार्टीले निर्वाह गर्ने उनले प्रतिवेदनमा लेखेका छन् । ‘यही बेथितिको निरन्तरता अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला ?’ प्रतिवेदनमा उनले पुराना दललाई प्रश्न गरेका छन् ।

 

संकटमा व्यवस्था नभएको र पुराना दलमा रहेको लामिछानेको दाबी छ । मध्यावधिका लागि पार्टी तयार भएर बस्नुपर्ने उल्लेख गर्दै नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन । ‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचनालाई ‘स्ट्यान्ड बाई’ रहन निर्देशन दिन्छु,’ प्रतिवेदनमा भनिएको छ ।

 

यही सिलसिला थप ४ वर्ष चल्ने हो भने मुलुकले बेहोर्ने घाटा हिसाब गरी साध्य नहुने प्रतिवेदनमा उल्लेख गर्दै मध्यावधिको विकल्प अघि सारेका छन् । रास्वपा सभापति लामिछानेले प्रदेश संरचना परिवर्तन अत्यावश्यक रहेको प्रतिवेदनमा औंल्याएका छन् । ‘प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौं । प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । प्रदेशले आफ्नो उपदेयता पुष्टि गर्न नसक्दा आम नागरिकमा प्रदेश संरचनाप्रति असन्तुष्टि बढेको उनको ठहर छ ।

 

लामिछानेले यही व्यवस्था अन्तर्गत रहेर सबै खालका परिवर्तन गर्न सकिने उल्लेख गरेका छन् । ‘यही व्यवस्थाभित्रै रहेर जनताको अभिमत जितेर सबै खाले परिवर्तन गर्न सम्भव छ भन्ने निष्कर्षका साथ पार्टी गठन गरेका थियौं । हाम्रो त्यो निष्कर्ष अहिले पनि कायमै छ,’ प्रतिवेदनमा भनिएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ साउन ३ शनिवार ०६:१७

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

वि.सं.२०८२ साउन २ शुक्रवार १८:३६

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि...

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ साउन २ शुक्रवार ०६:३३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वि.सं.२०८२ असार ३२ बुधवार १३:१७

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

वि.सं.२०८२ असार ३२ बुधवार ११:३६

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११...