YouTube Link

बद्री केसीले दिए आरके शर्माविरुद्ध प्रहरी कार्यालयमा उजुरी

Facebook Link

 

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले समानान्तर कमिटीका अध्यक्ष आरके शर्माविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

 

गत मंगलबार बालुवाटारस्थित एनआरएनएको केन्द्रीय कार्यालयमा दुई पक्षबीच भएको  झगडाका विषयमा केसीले शर्माविरुद्ध उजुरी दिएका हुन् । यसअघि शर्मा पक्षले आफूहरूविरुद्ध दुर्व्यवहार र कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिइसकेको छ ।

 

हालै काठमाडौँमा सम्पन्न संघको ११औँ महाधिवेशनदेखि नै दुई पक्षबीच विवाद भइरहेको छ । निर्वाचनबाट संघको अध्यक्षमा बद्री केसीलाई विजयी घोषणा गरिए पनि अनलाइन मतदानमा धाँधली गरिएको आरोप लगाउँदै आरके शर्माको अध्यक्षतामा संघको समानान्तर कमिटी गठन गरिएको छ ।

 

गत मंगलबार नवनिर्वाचित अध्यक्ष केसीलाई बधाई दिन पुगेका एमाले नेता महेश बस्नेतको कार्यक्रममा आरके शर्माको समूहले हुलदंगा गरेको आरोप केसी पक्षले लगाएको छ । डा. केसीले दरबारमार्ग प्रहरी वृत्तमा दिएको जाहेरीमा निर्वाचित पदाधिकारी र कर्मचारीलाई कार्य सम्पादन गर्न नदिने हेतुले निर्वाचनका उपविजेता पक्षका व्यक्तिले कार्यलयमा प्रवेश गरी जीउ ज्यान र सम्पत्तिमा नोक्सानी पुर्‍याउन खोजिएको आरोप लगाइएको छ ।

 

केसीले दिएको उजुरीमा ‘निर्वाचित पदाधिकारीहरुलाई पूर्व मन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिई रहेको बेला उपविजेता भएका राजेन्द्र कुमार शर्माको नेतृत्वमा बुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगाना, ओम शर्मा लगायतका व्यक्तिहरू संघमा कुनै जानकारी नदिई गैरकानुनी र अनाधिकृत रूपमा प्रवेश गरी गालीगलौज, अनुमतिबिना फोटो खिच्ने, चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदंगा गर्ने कार्य गरेको’ आरोप लगाइएको छ ।

 

केसीले उनीहरूविरुद्ध जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा उपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरमा कारबाही गर्न प्रहरीसँग अनुरोध गरेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...