YouTube Link

फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने

Facebook Link

एजेन्सी: फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने भएको छ । विश्वकप आयोजनाका लागि साउदीको मात्र आधिकारीक दावी प्रस्तुत गरेपछि विश्वकप साउदीले आयोजना गर्ने पक्का भएको हो । अस्ट्रेलियाले अन्तिम समयमा पेश नगरेपछि यो निर्णय सम्भव भएको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो इन्स्टाग्राम मार्फत यस बारे पक्का समेत गरेका हुन् । ‘फुटबलले विश्वलाई अन्य कुनै खेलजस्तो एकतावद्ध गर्दछ, विश्वकप एकता र समावेशीकरणको सन्देशको लागि उत्कृष्ट माध्यम हो’ उनले लेखे । ‘साथै विभिन्न संस्कृतिहरू कसरी सँगै हुन सक्छन् र एकअर्कालाई राम्रोसँग सिक्न र बुझ्न सक्छन् भन्ने महत्त्वपूर्ण दृष्टान्त प्रदान गर्दछ ।’

कुनै भोटिङ वा दोस्रो दावी नभएतापनि उनले साउदीले विश्वकप आयोजना गर्ने निर्णय “रचनात्मक संवाद र व्यापक परामर्श” का साथ गरिएको बताएका छन् । २०२२ मा कतारमा भएको विश्वकप जस्तै नोभेम्बर महिनामा २०३४ को विश्वकप हुने धेरैले आँकलन समेत गर्न थालिसकेका छन् । यसले गर्दा युरोपेली फुटबल संरचनाले आफ्नो तालिका पुनः परिवर्तन गर्नुपर्ने हुन्छ ।

२०२६ को विश्वकप क्यानाडा, अमेरिका र मेक्सिकोमा हुँदैछ । यस्तै २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ । यसका साथै विश्वकप सुरुवात भएको १०० वर्ष मनाउन २०३० संस्करणमा अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पहिलो तीन खेल हुने समेत फिफाले बताएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...