Rajshow Bivag

महानवमीको दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको घुइँचो

Departmant of helth services

 

काठमाडौं: हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ । महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि लामबद्ध भएका छन् ।

 

तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई ‘तुलजा’ पनि भन्ने गरिन्छ । तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइन्छ ।

 

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले तान्त्रिक विधिपूर्वक कालरात्रि पूजा गर्ने चलन चलेको बताइन्छ । महानवमीको दिन दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर तथा शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

 

वर्षमा एक दिनमात्र खुला हुने तलेजु भवानीको मन्दिर २०७७ सालमा भने कोरोना महामारीका कारण खुला गरिएको थिएन । २०७८ सालमा भने कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले संक्रमण फैलिने जोखिम कम भएको भन्दै खुला गरिएको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...