YouTube Link

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शनिबार भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको हो । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । उनले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको पनि बताए । सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा आफूहरूबीच छलफल भएको उनको भनाइ छ ।

 

‘भेटघाट भयो, विभिन्न विषयमा कुराकानी गरेका छौँ । समाजवादी मोर्चा नेपालको एउटा कार्यक्रम गर्न बाँकी छ धनगढीमा । त्यो सल्लाह गरेर टुंगो लाग्छ । सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भयो । अर्थतन्त्रकै बारेमा पनि सफल बनाउने बारेमा छलफल भएको छ । उहाँले पनि योजना बनाउनुभएको रहेछ, हामीले पनि कसरी राम्रो बनाउने भनेर छुट्टै बैठक बस्ने सल्लाह दिएका छौँ । गठबन्धन दलका नेताहरू मात्रै बसेर सिंगो देशको मुक्ति र सञ्चालनकै सन्दर्भमा के समस्या रहेका छन्, हाम्रा अलगअलग धारणा छन् की छैनन्, कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो । नेपालले भने‚‘त्यसबाहेक दुई पार्टीबीचको सम्बन्धलाई कसरी घनिभुत र बलियो बनाउने भन्ने बारेमा प्रदेश र जिल्लामा संयन्त्र बनाइ कतिपय ठाउँमा देखिएका समस्या र गुनासाको सम्बोधनका बारेमा कुराकानी भयो । सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा पनि कुराकानी भए । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणमा भेटघाटको सन्दर्भ, संसदमा सम्बोधन गर्ने कुराको सन्दर्भमा पनि कुरा भयो। सदन सञ्चालन कहिलेसम्म हुने ? त्यस बारेमा पनि कुरा भयो ।’

 

अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...