Rajshow Bivag

देशमा जताततै अराजकता फैलिएको छ त्यो नेपाली कांग्रेस बाहेकले सम्हाल्न सक्दैन: डा. शेखर कोइराला

Departmant of helth services

 

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सच्चिन आवश्यक रहेको बताएका छन् । शनिबार आयोजित एक कार्यक्रमलाई बोल्दै कोइरालाले सरकार सच्चिन नसके बाटो खाली गरिदिन आग्रह गरेका हुन् ।

 

उनले देश अफ्ठ्यारो स्थितिबाट अघि बढिरहेकाले जताततै अराजकता रहेको उल्लेख गरे । उनले भने, ‘देशमा जताततै अराजकता रहेको छ । त्यो कांग्रेसबाहेकले सम्हाल्न सक्दैन ।’ कोइरालाले कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री प्रचण्ड अराजक बनेपछि उनलाई मानिरहन नपर्ने धारणा राखे । नेपाल कुनैपनि जाति विशेष नभएको बताउँदै कोइरालाले बहुजातिय, बहुभाषिक नेपालमा जातिय राज्य दिन नसकिने धारणा राखे ।

 

कोइरालाले भने, ‘गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ । देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने जातिय राज्य दिन्छु, दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ ।  के प्रधानमन्त्रीले खल्तिबाट जातीय राज्य निकालेर दिने हो ? देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन ।’  प्रधानमन्त्री प्रचण्डका गतिविधिप्रति विमत्ति राख्दै कोइरालाले पछिल्लो समय सरकारविरुद्ध निरन्तर आक्रोश व्यक्त गरिरहेका छन् । उनले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर्नेमा जोड दिँदै आएका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...