YouTube Link

बहुचर्चित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास हुँदै

Facebook Link

काठमाडौं: राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको बहुचर्चित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे सुरुङमार्गको शिलान्यास गर्ने कार्यक्रम तय भएको नागढुङ्गा-नौबिसे सुरूङमार्ग आयोजनाले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सुरूङ मार्गको मूख्य प्रवेशद्वार(टनेल होल) काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत पर्ने चन्द्रागिरि नगरपालिका-१ दहचोकमा शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

साढे तीन बर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको आयोजना पुरा हुन २२ अर्ब रुपैयाँ खर्च हुनेछ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियत ऋण सहयोगमा सो सुरुङमार्गको निर्माण हुन लागेको हो । करिब २२ अर्ब रुपियाँको लगानीमा निर्माण हुन लागेको सो सुरुङमार्गमा जाइकाले १६ अर्ब रुपियाँ सहयोग गर्नेछ भने छ अर्ब रुपियाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ ।

प्रवेश मार्गसहित ५ दशमलब ५६ किलोमिटर सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महवपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । आयोजनाले तोकेको शर्त अनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २ दशमलब ३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।

दहचोकदेखि-सिस्ने खोलासम्म सुरुङको लम्बाइ २ दशमलब ६ सय ८८ किलोमिटर चौडाइ ९ दशमलब ५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किलोमिटर कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...