YouTube Link

नेपाल टेलिकमले देशभर फोर जी एलटीई सेवा आजदेखि विस्तार गर्दै

Facebook Link

काठमाडौं: नेपाल टेलिकमले महत्त्वकांक्षी फोर जी एलटीई सेवाको नेटवर्क आजदेखि विस्तार गर्ने भएको छ । यसअघि २०७३ पुस १७ देखि काठमाडौं र पोखरामा मात्र यो सेवा सञ्चालन गरेको टेलिकमले त्यसको झण्डै ३ वर्षपछि सातै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवाको आज औपचारिक रूपमा शुभारम्भ गर्दै हुनुहुन्छ । आज साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले जनाएको छ । यो सेवा विस्तारका लागि सरकारले ०७५ माघ २० मा चीनको जेडटीई कर्पोरेसनसँग सम्झौता गरेको थियो ।

त्यस्तै, हङकङको सीसीएसआईलाई नेटवर्क १ र नेटवर्क २ को जिम्मा दिइएको थियो । यी कम्पनीले १ वर्षभित्रै सबै स्थानमा नेटवर्क विस्तार गरिसक्ने गरी काम गरिरहेको टेलिकमले जनाएको छ । टेलिकमले यसलाई हालको मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको भएको दाबी गरेको छ । चौथो जनेरेसनको मोबाइल डाटा सेवा फोरजी उच्च गतिको हुन्छ । यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्ड हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...