Texas College
YouTube Link

सरकारले बढायो पेट्रोल-डिजेल र खाना पकाउने ग्यासको मूल्य

Facebook Link

 

काठमाडौं: सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मुल्य बढाएको छ । शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको मुल्य बढाएको हो ।

 

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ । त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रूपैयाँ बढाएको छ ।

 

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ १७ पैसा, डिजेलमा २ रूपैयाँ ४८ पैसा र ग्यासमा १८६ रूपैयाँ ४५ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

 

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको मुल्य तय गरिएको जनाएको छ ।

 

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १६७ रूपैयाँ ५० पैसा पर्नेछ ।

 

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १८१ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १६९ रूपैयाँ पर्नेछ । तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १८२ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १७० रूपैयाँ पर्नेछ ।

 

खाना पकाउने ग्यासको भाउ भने सबैतिर १ हजार ८९५ रूपैयाँ प्रतिसिलिन्डर पर्नेछ । आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

विदेशी राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

विदेशी राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

वि.सं.२०८२ चैत २५ बुधवार ११:२९

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता...

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८२ चैत २५ बुधवार ११:०८

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित...

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज

वि.सं.२०८२ चैत २५ बुधवार १०:५८

काठमाडौं: प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान...

सरकारी कर्मचारीलाई दिइने इन्धन सुविधामा व्यापक कटौती

सरकारी कर्मचारीलाई दिइने इन्धन सुविधामा व्यापक कटौती

वि.सं.२०८२ चैत २४ मंगलवार १०:२५

काठमाडौं: सरकारी कर्मचारीले गाडी चढ्दा पाउँदै आएको पेट्रोल सुविधा ५०...

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

वि.सं.२०८२ चैत २४ मंगलवार १०:००

काठमाडौं: नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारण गर्न...