Rajshow Bivag

सीआईबीले बुझायो ३ पूर्वमन्त्रीलाई फरार सूचीमा राख्दै प्रतिवेदन

Departmant of helth services

 

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल सोमबार सरकारी वकिल कहाँ बुझाएको छ ।

 

सीआईबीका एसएसपी दिनेश आचार्यले तीनजना पूर्वभूमिसुधार मन्त्रीहरुलाई समेत प्रतिवादी बनाउँदै अनुसन्धानको फाइल सरकारी वकिल कहाँ बुझाइएको जानकारी दिए । सीआईबीले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई फरार सूचीमा राख्दै प्रतिवेदन बुझाएको छ ।

 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यी मन्त्रीहरुविरुद्ध मुद्दा चलाएको थियो । तर त्यसबेला यी सबैजना धरौटी बुझाएर रिहा भइसकेका छन् । तर जोशीले भने गत साउन २६ गते नै आफू फरार नरहेको बताउँदै जुनसुकै बेला सरकारी निकायलाई सघाउन तयार रहेको उल्लेख गरेका थिए ।

 

उनी सोमबार पनि बयानका लागि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा हाजिर भएका थिए । तर सीआईबीले अनुसन्धान फाइल सरकारी वकिल कहाँ गइसकेको भन्दै बयान नै नलिई फर्काइदिएको छ । तर बयानका लागि पुगेका उनलाई मिसिलमा भने सीआईबीले फरार सूचीमै राखिदिएको छ ।

 

यसअघि साउन २१ गतेको सर्वोच्चको आदेश आएकै दिन सीआईबीले यी तीन मन्त्रीविरुद्ध काठमाडौं जिल्ला अदालातबट पक्राउ पुर्जी लिएको थियो । तर पक्राउ पुर्जी जारी भइसकेपछि पनि सार्वजनिक कार्यक्रममा देखिएका कांग्रेस नेता गच्छदारलाई पनि सीआईबीले पक्राउ गरेको थिएन ।

 

यस प्रकरणमा हाल जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जय साहसँग भने सीआईबीको टोलीले बयान लिएको थियो । यसै प्रकरणमा सीआईबीको टोलीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग उनीहरुकै निवासमा आइतबार बेलुका पुगेर कागज गराएको थियो ।

 

त्यस्तै तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई भने सीआईबीले कार्यालयमै बोलाएर कागज गराउँदै छाडिसकेको छ । ललिता निवास जग्गा प्रकरणमा अहिले भाटभटेनी सुपरमार्केटमा मालिक मीनबहादुर गुरुङ र पूर्वसचिव सुधीर शाहसहित १८ जना हिरासतमा छन् । पक्राउ परेकामध्ये ५ जना अदालतको आदेशमा छुटिसकेका छन् । हिरासतमा रहेका सबैलाई अब अदालतमा उपस्थित गराइनेछ । छुटेकालाई पनि त्यही दिन अदालतमा उपस्थित गराइनेछ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...