Rajshow Bivag

राष्ट्रपतिले दिएको रेशम चौधरीको आममाफी माथि नै सर्वोच्चले उठायो गम्भीर प्रश्न, निर्णय कायम रहन्छ वा उल्टिन्छ ? (पूर्णपाठसहित)

Departmant of helth services

 

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीमाथि नै सर्वोच्च अदालतले गम्भीर प्रश्न उठाएको छ ।

 

सर्वोच्च अदालतले टिकापुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’को रुपमा व्याख्या गरेको छ ।

 

सर्वोच्च अदालतको यो व्याख्याले चौधरीलाई आममाफी दिने राष्ट्रपतिको निर्णय नै गैरकानुनी त थिएन ? भन्ने प्रश्न उठाएको छ । यससँगै सर्वोच्चको फैसलाले राष्ट्रपतिको निर्णय कायम रहन्छ वा उल्टिन्छ ? भन्ने अर्को प्रश्न पनि उब्जाएको छ ।

 

राष्ट्रपतिले चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार माफी दिएका थिए । यो दफाको उपदफा १ मा ‘अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवी राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ’ भनिएको छ ।

 

चौधरीले यही कानुनी व्यवस्थाअनुसार राष्ट्रपतिकहाँ निवेदन दिएपछि राष्ट्रपतिले उनको सजाय माफी गरिदिएका थिए । यसरी माफीको लागि निवेदन दिँदा अदालतको फैसला पनि संलग्न गर्नुपर्ने कानुनी व्यवस्था छ । चौधरीले निवेदन दिँदा सर्वोच्चको पूर्ण फैसला आएकै थिएन र उनले आंशिक फैसला मात्रै संलग्न राखी निवेदन दिएका थिए ।

 

तर, अहिले सर्वोच्च अदालतको पूर्ण फैसलामा टिकापुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’को रुपमा व्याख्या गरिएपछि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ को उपदफा ४ आकर्षित हुन सक्ने देखिएको छ । यसमा ‘क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिइ ज्यान मारेको’ अपराधलाई माफी दिन नमिल्ने अपराध भनिएको छ ।

 

यस्तो छ सर्वोच्च अदालतको फैसलाको पूर्णपाठः-

 




Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा

आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४१

  काठमाडौं: बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी...

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:०५

  काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस...

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०५:५२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४४

  काठमाडौं: नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको...

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:२३

  काठमाडौं: जापानका विदेश मन्त्री कामिकावा योको र प्रधानमन्त्री पुष्पकमल...

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०७:०२

    मेष - Aries चु, चे, चो, ला, लि,...