YouTube Link

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

Facebook Link

 

काठमाडौं: वाणिज्य बैंकहरुले साउनको तुलनामा केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले बढाएर सार्वजनिक गरेका छन् ।

 

बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर कायम हुने निर्धारण गरेका हुन् । यद्यपि, केही बैंकहरुले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

 

आगामी भदौमा बैंकहरुले व्यक्तिगत तर्फ अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएका छन् । संस्थागततर्फ भने ८.८९६ प्रतिशत ब्याज दिने भएका हुन् । तर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भने उपलब्ध नभएकाले समावेश गरिएको छैन ।

 

प्रकाशित नयाँ ब्याजदर अनुसार नबिल बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । भदौमा नबिलले बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत ब्याजदर र व्यक्तिगततर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

 

यस्तै, हिमालयन बैंक र नेपाल एसबिआईले पनि भदौमा संस्थागत तर्फ ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

 

साउन महिनाको तुलनामा भदौमा एनएमबि बैंक, एनआईसी एशिया, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक बैंकले ब्याजदर घटाएका छन् । भदौमा एनएमबि बैंकले संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, एनआईसी बैंकले संस्थगततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत, प्राइम बैंकको संस्थागततर्फ ८.५ प्रतिशत र ब्यक्तिगततर्फ १०.५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगततर्फ ६.९२ प्रतिशत र संस्थागततर्फ ८.९२ प्रतिशत ब्याजदर तोकेका छन् ।

 

साउनको तुलनामा भने ग्लोबल आइएमई, एभरेष्ट, प्रभु, सिद्धार्थ, सिटिजन बैंक, कुमारी, सानिमा, लक्ष्मी सनराइज, कृषि विकास, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे र नेपाल बैंकले ब्याजदर बढाएका छन् ।

 

भदौ महिनाका लागि ग्लोबल आइएमईले संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत, एभरेष्ट संस्थागततर्फ ८ प्रतिशत र व्यक्तिगततर्फ १० प्रतिशत, प्रभुले एभरेष्ट बैंकलेले समान संस्थागततर्फ ८ प्रतिशत र व्यक्तिगततर्फ १० प्रतिशत, सिद्धार्थले ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशत, सिटिजनले संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन् ।

 

यस्तै, कुमारी, सानिमा, कृषि विकास र नेपाल बैंकले भने समान संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् । त्यसैगरि माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ १०.४ प्रतिशत प्रतिशत ब्याज प्रदान गर्ने उल्लेख गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...