YouTube Link

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई होइन: मन्त्री किराती

Facebook Link

काठमाडौं: संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई अन्तर्गत नरहेको प्रस्ट पारेका छन् ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवाडाले सोधेको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा संसारलाई थाहा भएको बताए । उनले नेपाल र चीनबीच २०१६ मा मात्रै बिआरआई सम्झौता भएको स्पष्ट पारे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसअघि २०१२ मै निर्माणकार्य सुरु भएको उनको भनाइ छ । संसारलाई थाहा भएको कुरामा नअल्मलिन उनले सांसदहरूलाई आग्रह गरे ।

‘छ्यापछ्याप्ती छ त । फेरि संसदमा यही कुरा उठ्छ । बिआरआई सम्झौता त २०१६ मा भएको हो । पोखरा एयरपोर्ट २०१२ मा निर्माण सुरु भएको हो,’ उनले प्रतिप्रश्न गरे, ‘संसारले यो बिआरआई होइन भनिरहेको छ । सांसदहरू अल्मलिएका अल्मलियै छन् । बिआरआई हो कि, यो के हो ? ध्वनी प्रदूषण गरेका छन् । समय र शक्तिको खर्च गरेर के गर्छौं हामी ?’

उनले पत्रपत्रिकामा पनि यो बिआरआई होइन भनेर सम्प्रेषण भइरहेको र आफूहरूलाई हेरेर समय र लाज आफैं लजाएको अनुभूति भइरहेको बताए । गत बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री किराती सहभागी भएकै कार्यक्रममा चिनियाँ राजदूत छन् सोङ यो एयरपोर्ट बीआरआई अन्तर्गत बनेको दाबी गरेका थिए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुवात भएको हो। यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरिङहरूबाट यो निर्माण भएको हो । यो बीआरआई परियोजनाअन्तर्गतको हो,’ राजदूत छन् सोङले भने । यसअघि गत पुसमा विमानस्थल उद्घाटन कार्यक्रममा चीनका कार्यवाहक राजदूत वाङ सिनले पनि पोखरा विमानस्थल चीनको महत्त्वाकांक्षी बीआरआई अन्तर्गत भएको दाबी गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...