YouTube Link

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडद्वारा ‘जनक बालपत्रिका’ प्रकाशन सुरु

Khanepani Dhal
Facebook Link

काठमाडौं: बालबालिकालाई अध्ययनप्रति उत्प्रेरित गर्ने उद्देश्यले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ‘जनक बालपत्रिका’ प्रकाशन सुरु गरेको छ । विभिन्न विधाका बालोपयोगी पठन तथा अभ्यास सामग्री समेटिएको यस पत्रिकामा स्थापित रचनाकार एवम् बालबालिकाका विभिन्न रचना समावेश छन् ।

आईतबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा आयोजित एक समारोहकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले पत्रिका विमोचन गरेका थिए । पत्रिका विमोचन गर्दै उनले बालोपयोगी सामग्री समेटिएका यस्ता पत्रिकाले विद्यार्थीको पठन संस्कारको क्षितिज विस्तार गर्ने र पाठ्यान्तर क्रियाकलापमा विद्यार्थीको सक्रियता बढाउने उल्लेख गरे ।

पत्रिकाको समीक्षा गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेल, जनक शिक्षाका प्रबन्ध सञ्चालक महेश तिमिल्सिना र लेखक जीवनाथ धमलाले पत्रिकाले समेटेको चैतन्य पक्ष, विषय क्षेत्र विस्तार र निरन्तरता एवम् विद्यार्थीको प्रतिभा प्रस्फुटन र संस्थाको सामाजिक दायित्वको विषयमा चर्चा गरेका थिए ।

चिरञ्जीवी बराल, गणेशप्रसाद भट्टराई, जयन्ती सत्याल र चित्र आचार्यद्वारा सम्पादित जनक बालपत्रिका ६४ पृष्ठको रङ्गीन कलेवरमा रहेको यस पत्रिकाको मूल्य रु. १० मात्र छ भने पत्रिकाको साजसज्जा सन्तोषकुमार दाहालले गरेका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

रित्तो गाग्री लिएर प्रधानमन्त्री भेट्न आए हर्क साम्पाङ

रित्तो गाग्री लिएर प्रधानमन्त्री भेट्न आए हर्क साम्पाङ

वि.सं.२०८१ माघ ७ सोमवार १६:१९

काठमाडौं: रित्तो गाग्री लिएर धरानका मेयर हर्क साम्पाङका आइपुगेका छन्...

प्रहरीले निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाईरल

प्रहरीले निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाईरल

वि.सं.२०८१ माघ ७ सोमवार १२:३७

काठमाडौं: सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २४/२५ वर्षको...

फोनिज काठमाडौं शाखामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

फोनिज काठमाडौं शाखामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

वि.सं.२०८१ माघ ७ सोमवार ०८:३४

काठमाडौं: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को जिल्ला शाखा काठमाडौंमा...

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

वि.सं.२०८१ माघ ५ शनिवार १५:१०

काठमाडौं: आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले डेब्यू...

सातै प्रदेशमा पुग्यो क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ खोप

सातै प्रदेशमा पुग्यो क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ खोप

वि.सं.२०८१ माघ ३ बिहीवार १६:०५

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको...