YouTube Link

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडद्वारा ‘जनक बालपत्रिका’ प्रकाशन सुरु

Facebook Link

काठमाडौं: बालबालिकालाई अध्ययनप्रति उत्प्रेरित गर्ने उद्देश्यले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ‘जनक बालपत्रिका’ प्रकाशन सुरु गरेको छ । विभिन्न विधाका बालोपयोगी पठन तथा अभ्यास सामग्री समेटिएको यस पत्रिकामा स्थापित रचनाकार एवम् बालबालिकाका विभिन्न रचना समावेश छन् ।

आईतबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा आयोजित एक समारोहकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले पत्रिका विमोचन गरेका थिए । पत्रिका विमोचन गर्दै उनले बालोपयोगी सामग्री समेटिएका यस्ता पत्रिकाले विद्यार्थीको पठन संस्कारको क्षितिज विस्तार गर्ने र पाठ्यान्तर क्रियाकलापमा विद्यार्थीको सक्रियता बढाउने उल्लेख गरे ।

पत्रिकाको समीक्षा गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेल, जनक शिक्षाका प्रबन्ध सञ्चालक महेश तिमिल्सिना र लेखक जीवनाथ धमलाले पत्रिकाले समेटेको चैतन्य पक्ष, विषय क्षेत्र विस्तार र निरन्तरता एवम् विद्यार्थीको प्रतिभा प्रस्फुटन र संस्थाको सामाजिक दायित्वको विषयमा चर्चा गरेका थिए ।

चिरञ्जीवी बराल, गणेशप्रसाद भट्टराई, जयन्ती सत्याल र चित्र आचार्यद्वारा सम्पादित जनक बालपत्रिका ६४ पृष्ठको रङ्गीन कलेवरमा रहेको यस पत्रिकाको मूल्य रु. १० मात्र छ भने पत्रिकाको साजसज्जा सन्तोषकुमार दाहालले गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...