YouTube Link

साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै

Facebook Link

काठमाडौं: भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ ।

भुटानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । उपाधि जित्ने लक्ष्यसहित भारत गएको नेपाली टोलीलाई फाइनल पुग्न लिग चरणको अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ । तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । नेपाल अन्तिम खेलमा भुटानलाई हराउने योजनासहित मैदान उत्रनेछ । भुटानका लागि भने यस खेल अर्थहिन छ । तर नेपाललाई स्तब्ध बनाउदै भुटान सान्त्वना जित निकाल्न चाहन्छ ।

प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । नेपालले मंगलबार साविकको विजेता बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । अपराजित भारत ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ६ अंक जोडेर तेस्रो स्थानमा छ । अन्तिम खेलमा बंगलादेशले बलियो भारतको सामना गर्नेछ । जसको कारण पनि भुटानलाई हराए नेपालको फाइनल यात्रा सहज हुनेछ ।

हेड टु हेडमा नेपालसँग बंगलादेश पछि परेको छ । बंगालदेशलाई फाइनल पुग्न भारतविरुद्ध कम्तिमा ४–० गोल अन्तरको जित निकाल्नु पर्ने हुन्छ । भारतलाई फाइनल पुग्न बराबरीले पुग्ने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...