YouTube Link

नेपाली भूमिमा ग्रहण लागेकै हो, यस्ता सरकार बनेका छन् जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन: ओली

Facebook Link

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गरेका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

‘अहिले अवस्था राम्रो छैन, देशलाई नै ग्रहण लागेजस्तो भएको छ । दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको आर्थिक वृद्धि दर २ प्रतिशत नपुग्ने अवस्था छ । हाम्रा पालामा सरदर ६ दशमलव  ५ प्रतिशत पुगिसकेको उत्पादन वृद्धि दर २ प्रतिशतभन्दा तल आइसक्यो । ओलीले भने, ‘युक्रेनको वार भनेर हल्ला चलाउने गरिएको छ । युक्रेनको वारले हामीकहाँ धुलो उडायो कि धुवाँ उडायो ? युक्रेनको वारले हो प्रचण्डजीले अस्ति यहाँका नदीनाला सित्तैमा दिएर आएको ? आफ्नो भूमिका बारेमा चुइँक्क बोल्न नसकेको ?’

भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका बारेमा चुइँक्क बोल्न नसकेको उनको आरोप छ । प्रचण्डले कौडीका मोलमा नेपालका नदीनाला भारतलाई सुम्पिएको आरोप पनि उनले लगाए ।

‘फुकोट कर्णालीजस्तो सस्तो आयोजना आफैं बनाउने भनेर मैले २०७६ मा निर्णय गरेको थिएँ । अहिले त प्रधानमन्त्रीले किस्तीमा राखेर उतै (भारतलाई) सुम्पिनुभएको छ । के शर्तमा दिइएको प्रधानमन्त्री भन्न सक्नुहुन्न । नेपाली जनतालाई थाहा छैन कुन कुन नदी कस्तो अवस्था गएका छन् ।’ ओलीले भने, यत्तिकै होइन यो । नेपालको दशा बिग्रिएकै हो । नेपालमा दुरदीन छाएकै हो । नेपाली भूमिमा ग्रहण लागेकै हो । यस्ता यस्ता सरकार बनेका छन् जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन ।’

सरकार एमालेको विरोधमा समय खर्चिरहेको भन्दै ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...