YouTube Link

कान्तिरबाट सुनुवार समुदायमाथि श्रृङ्खलावद्ध आक्रमण

Facebook Link

 

काठमाडौं: कान्तिपुर पब्लिकेशनले सुनुवार समुदायमाथि श्रृङ्खलावद्ध आक्रमण गरेको सुनुवार सेवा समाजका उपाध्यक्ष अमृत सुनुवारले बताएका छन् ।

 

सुनुवारले कान्तिपुर दैनिकले विगत एक दशकदेखि आफ्नो समुदायमाथि निर्मम तरिकाले श्रृङ्खलावद्ध आक्रमण गरेको दावी गरेका छन् । उपाध्यक्ष सुनुवारले भने- “देशकै ठूला भनाउँदा मिडियाले देशको जातिगत विविधता, धार्मिक, साँस्कृतिक र जातिगत विविधता बुझेर समाचार प्रकाशन प्रसारण भई दिओस् भन्ने हामी सबैको चाहना हुन्छ । तर कान्तिपुर दैनिकले विगत १० वर्षदेखि किरात धर्मावलम्बी सुनुवार जातिहरूलाई अन्य जातिको थरसँग सम्बन्धित थर राखेर समाचार प्रकाशन प्रसारण गर्नु दु:खद पक्ष हो । हामी पटक-पटक सजग गराई सकेका छौँ, तर पनि कान्तिपुरले त्यसको कुनै वास्ता गरेको छैन ।”

 

सुनुवार विद्यार्थी समाजका अध्यक्ष मनिषा सुनुवारले कान्तिपुर दैनिकले वास्तविक र तथ्यमा आधारिता नभएर सुनुवार समुदायमाथि निरन्तर भ्रमाक समाचार प्रकाशन गर्दा ठूलो मूल्य चुकाउनु पर्ने बताए । सुनुवार विद्यार्थी समाजले आफ्नो समुदायप्रतिको गलत समाचार प्रकाशन गर्दा हरेक पटक कान्तिपुर दैनिकका सम्पादकलाई सचेत गराउँदै आउँदा पनि सँधै त्रुटीपूर्ण समाचार प्रकाशन गर्नुले सुनुवार जातिलाई उपेक्षा गरेको बताए । उनले यसरी सँधै उपेक्षित गरेर समाचार प्रकाशन प्रसारण गर्दा कान्तिपुरले ठूलो दुर्घटना व्यहोर्नुपर्ने र त्यसको जिम्मेवार स्वयम कान्तिपुर दैनिक तयार हुनुपर्ने बताएका छन् ।

 

हेर्नुस् कान्तिपुर दैनिकको श्रृङ्खलावद्ध आक्रमण:

पहिलो आक्रमण:  वि.सं. २०७४ साल वैशाख ५ गते कृष्ण ज्ञवाली र नगेन्द्र अधिकारीले “यस्तो थियो मैना सुनुवार हत्या प्रकरण, तत्कालिन तीन सैनिक अधिकारीलाई दोषी ठहर” शीर्षकमा समाचार लेखेको थियो । उक्त घटनाको प्रमुख पीडित सुनुवार समुदाय नभई अन्य समुदाय पुष्टि गर्दै सुनुवार समुदायको साझा संस्था सुनुवार सेवा समाजले त्रुटी सच्याउन कान्तिपुर दैनिकलाई ध्यानाकर्षण गराएको थियो ।

 

दोस्रो आक्रमण: वि.सं. २०७७ जेठ २५ गते गोकर्ण गौतम र भीमबहादुर सिंहले जाजरकोटबाट “अझै छटपटाइरहेका छन् घाइते” भन्ने समाचारका घाइते गोविन्द सुनुवार जोडिएको थियो तर उक्त घटनामा सुनुवार नभएर अन्य जाति रहेको पुष्टी भएपछि सुनुवार विद्यार्थी समाज संघीय समितिले कान्तिपुरका सम्पादकलाई तत्काल सच्याउन भनिएकोमा सम्पादकले आलटाल गरेपछि प्रेस काउन्सिल नेपालमा उजुरी दिई ध्यानाकर्षण गराएको थियो ।

 

तेस्रो आक्रमण: वि.सं. २०७९ फागुन ७ गते कान्तिपुर पब्लिकेशनको ३०औँ वार्षिक उत्सवको अवसरमा नारी नेतृत्व विशेषमा राज कुमार कार्कीले लेखेको “अध्यक्ष ज्यूसँगै सोध्छन् अध्यक्ष ज्यू खोई” शीर्षकको समाचारमा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारको नाम “पार्वती सुनार” भनि गैर समुदाय/जातिसँग जोडेर समाचार प्रकाशन गरेको छ ।

 

यी तत्थ्यहरूबाट प्रष्ट हुन्छ कि कान्तिपुर दैनिक सुनुवार समुदायको खिलाफमा छ । हरेक पटक सचेत गराउँदा गराउँदै पनि सुनुवार समुदायप्रति उपेक्षित ढंगले गैर समुदायलाई सुनुवार समुदायको ट्याग लगाउनु र सुनुवार समुदायलाई अन्य समुदाय तथा जाति भनेर समाचार प्रकाशन गर्नु सामान्य त्रुटी होइन बदनियत पुर्वक यस्तो गरेको पुष्टी हुन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...