YouTube Link

अफलाइन राइडरलाई धमाधम कारबाही गर्दै प्रहरी

Facebook Link

 

काठमाडौं: विभिन्न समयमा अफलाइन राइडरले विकृति बढाउँदै गएपछि प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अपरेसन सुरु गरेको छ ।

 

केही दिनअघि मात्रै काठमाडौँको विभिन्न स्थानबाट करिब डेढ सय जना अफलाइन राइडरलाई नियन्त्रणमा लिएको प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।

 

अफलाइन राइडिङका क्रममा कतिपयले भने यौनजन्य दुर्व्यवहारका घटना हुने गरेको समेत पाइएको प्रहरी बताउँछ । चोक चोकमा ‘पठाओ हो ?’ भन्नेसँग सावधान रहनुपर्ने प्रहरीको भनाइ छ ।

 

गलत मानसिकताका व्यक्तिले अफलाइन राइडको सहारा लिएर विभिन्न आपराधिक कार्यमा सहभागी भएको र थप बढ्न सक्ने आकलन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सचेत गराएको प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।

 

पछिल्लो समय अनलाइन राइड शेयरिङको लोकप्रियता बढ्दै जाँदा अफलाइन राइड शेयरिङ विकृति बन्दै गइरहेको छ । काठमाडौँ उपत्यकाका प्रायः चोकहरूमा अफलाइन राइडिङ गराउनेहरूको भीड बढ्दै गएपछि प्रहरीले समेत यसको व्यवस्थापनका लागि चासो देखाउन सुरु गरेको छ ।

 

पठाओले अनलाइन राइडका समयमा विभिन्न प्रकृतिका दुर्घटनामा परेकाहरूलाई बीमामार्फत ५७ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ । हालसम्म २ सय जनाभन्दा बढीले उपचार बापत इन्स्योरेन्सबाट दाबी भुक्तानी पाएका छन् ।

 

हाल नेपालमा पठाओ, टुटल, साहरा, इन्ड्राइभर, ट्याक्सीमाण्डू, जायर, साधनल गायतका राइड शेयरिङ एप प्रचलनमा छन् । पठाओ र टुटल लगायतका कम्पनीले बनाएको बजारको केही हिस्सा ओगट्ने उद्देश्यले यतिबेला इनड्राइभरले बिना दर्ता, बिना कमिसनमा राइड सेयरिङ ब्यवसाय सन्चालन गरिरहेको छ ।

 

बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त गर्ने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार गर्न सक्ने उल्लेख छ ।

 

अवैध अफलाइन राइड चढ्ने क्रममा दुर्घटना भइहालेमा यात्रुले बीमा पनि पाउँदैनन् भने क्षतिपूर्तिका लागि पनि कोही भागिदार हुँदैनन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...