YouTube Link

सिद्धार्थ बैंकले प्रस्ताव गरेको लाभांश शेयरधनीले मात्र पाउने

Facebook Link

 

काठमाडौं: सिद्धार्थ बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३.१६ प्रतिशत लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् ।

 

बैंकले प्रस्तावित लाभांश सहितका विविध प्रस्ताव पारितका लागि पुस २८ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक ब्लोज गर्ने भएकाले पुस १२ सम्म कायम शेयरधनीहरूले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

 

बैंकले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकको मंसिर २० गतेको सञ्चालक समितिको बैठकले १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 

हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. १ अर्ब ६४ करोड ७९ लाख ५० हजार बराबरको नगद लाभांश बैंकले वितरण गर्न लागेको हो ।

 

अघिल्ला दुई आर्थिक वर्ष समान १५ प्रतिशत लाभांश वितरण गरेको बैंकले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...