नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समानुपातिकको लिष्ट आयोगमा बुझाउँदै
वि.सं.२०७९ असोज ३ सोमवार १६:४६
1.4K
shares
काठमाडौँ : आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची आज कार्यालय समयभर बुझाईसक्नुपर्नेछ ।
अहिले समय घर्किदै गएपछि समानुपातिकको बन्द सूची लिएर दलका प्रतिनिधिहरु निर्वाचन आयोग जाँदैछन् ।
उनीहरुले आफ्ना पार्टीको तर्फबाट समानुपातिक प्रणालीमा समावेश नामको लिष्ट लिएर आयोगमा जान लागेका हुन । अहिले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समानुपातिकको लिष्ट लिएर आयोग जाँदैछन् ।
उनीहरुले पाँच बजेभित्र समानुपातिकको बन्दसूचीको लिष्ट आयोगमा दर्ता गरिसक्नुपर्नेछ । केही समयअघि मात्र नेकपा एकीकृकत समाजवादी पार्टीले समानुपातिकको लिष्ट आयोगमा बुझाएको छ ।
वि.सं.२०७९ असोज ३ सोमवार १६:४६



















