Rajshow Bivag

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा उपाधिका लागि नेपाल बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

Departmant of helth services

 

काठमाडौं: छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । महिला साफले आज नयाँ च्याम्पियन टोली समेत पाउनेछ ।

 

नेपाली फुटबल अर्को ऐतिहासिक उपलब्धीको एक कदम टाढा छ । दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सके नेपाल पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको च्याम्पियन बन्नेछ ।

 

महिला साफको १२ वर्षे इतिहासमा नेपालले बंगलादेशसँग पहिलो पटक फाइनलमा भिड्न लागेको हो । यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो ।

 

पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ ।

 

तर, यस पटक भारत सेमिफाइनलबाटै घर फर्किएको छ ।

 

नेपालले अहिलेसम्म बंगलादेशविरुद्ध खेलेका ८ खेलमध्ये कुनैमा पनि हार सामना गर्नु परेको छैन् । एक प्रकारले भन्दा नेपाल बंगलादेशमाथि हाबी रहँदै आएको छ ।

 

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको नतिजा

नेपाल बंगलादेशको खेल

सन् २०१०, ३-० सेमिफाइनल

सन् २०१४, १-० सेमिफाइनल

सन् २०१९, ३-० समूह चरण

 

साफ च्याम्पियनसिपको विजेता र उपविजेता

विजेता उपविजेता गोल

सन् २०१०, भारत नेपाल १–०

सन् २०१२, भारत नेपाल ३–१

सन् २०१४, भारत नेपाल ६–०

सन् २०१६, भारत बंगलादेश ३–१

सन् २०१९, भारत नेपाल ३–०

सन् २०२२, ? ? ?

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४९

    मेष - Aries चु, चे, चो, ला, लि,...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...