रोशनीले माओवादी केन्द्रको हेडक्वार्टरमै पुगेर टिक माग्दै ‘तिमी सबै नेता बलात्कारी’ भनेपछि
वि.सं.२०७९ असोज ३ सोमवार १८:४५
1.2K
shares
काठमाडौ : रोशनी शाहीले माओवादी केन्द्रको हेडक्वार्टरमै पुगेर नेताहरुलाई सबै बालात्कारी हुन भनेपछि बबण्डर मच्चिएको छ ।
केही वर्ष अघि सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्धामा जेल जान बाध्य पार्ने रोशनी शाहीले आज माओवादी केन्द्रको मुख्यालय पेरिसडाडामा बलात्कारीहरु हो मलाई टिकट देउ भन्दै चिच्याएकी हुन ।
उनले आफू पनि चुनावमा भाग लिन चाहेको र आफू पूर्व माओवादी नै भएको बताउँदै बलात्कारी नेताहरुको पोल खोल्ने भन्दै चिच्याएकी हुन ।
उनले चिच्याउदै ‘तिमी सबै नेता बलात्कारी हौ । सबका बारे एक एक थाहा छ । दूधले नुहाएका कोही छौ भने हात उठाऊ र मलाई टिकट देऊ । होइन भने तिमीहरु सबैको पोल खोल्छु ।’ भनेकी थिईन ।
त्यस्तै आफूलाई महरा केशमा करोडौ खाएर होस्टाइल भएको आरोप लगाएको भन्दै उक्त कुराको पुष्टि गर्न पनि चुनौती दिएकी थिइन । यसपछि पेरिसडाडाबाट उनलाई निकालेको बताईन्छ ।
वि.सं.२०७९ असोज ३ सोमवार १८:४५



















