नेकपा एमालेले सिफारिस गर्यो काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार (सूचीसहित)
वि.सं.२०७९ भदौ १५ बुधवार १८:३९
काठमाडौं: मंसिर ४ मा हुने आम निर्वाचनका लागि नेकपा एमालेले प्रतिनिधि सभातर्फ काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ ।
बुधबार नेकपा एमालेका तर्फबाट काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि क्षेत्रीय कमिटीले उम्मेदवाहरूको नाम सिफारिस गरेका हुन् ।
काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यदेखि अध्यक्ष केपी शर्मा ओलीका पराष्ट्र सल्लाहकार राजन भट्टराईसमेतको नाम सिफारिस गरिएको छ ।
वर्तमान सांसदहरू पनि उम्मेदवारको सिफारिसमा परेका छन् । चार वटा निर्वाचन क्षेत्रबाट एकल सिफारिस गरिएको छ ।
सिफारिस गरेका उम्मेदवारहरूको सूची:
क्षेत्र नम्बर १: विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई
क्षेत्र नम्बर २: मणिराम फुयाल
क्षेत्र नम्बर ३: कृष्ण राई
क्षेत्र नम्बर ४: डा.राजन भट्टराई, निर्मल कुँइकेल
क्षेत्र नम्बर ५: ईश्वर पोखरेल
क्षेत्र नम्बर ६: योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना
क्षेत्र नम्बर ७: इन्दिरा पन्त, वीपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त
क्षेत्र नम्बर ८: राजेश शाक्य
क्षेत्र नम्बर ९: कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य
क्षेत्र नम्बर १०: विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन
वि.सं.२०७९ भदौ १५ बुधवार १८:३९