Rajshow Bivag

नेकपा समाजवादी केन्द्र निर्माणका लागि प्रचण्डको सकृयता बढ्यो, फेरी भेटे बाबुरामलाई

Departmant of helth services

 

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) यतिखेर कम्युनिष्ट पार्टीको एकताका लागि कम्मर कसेर लागि परेका छन् ।

 

राजनीतिक रुपमा चतुर खेलाडी रहेका प्रचण्डले आफूलाई केन्द्र भागमा राख्नका लागि यसभन्दा अगाडी पनि विभिन्न खालको राजनीतिक खेल खेलेका थिए ।

 

यसभन्दा अगाडी नेकपालाई विभाजन गर्न पनि उनले प्रमुख भूमिका निभाएका थिए । हाल नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई साथमा लिएर त्यसबेला एमाले फुटाउन पनि महत्वपूर्ण भूमिा खेलेका प्रचण्ड यतिखेर फेरी नेकपा समाजवादी केन्द्र निर्माणका लागि चलखेल शुरु गरेका छन् । यसैका लागि भर्खर मात्र जनता समाजवादीबाट अलग भएको डा. बाबुराम भट्टराईलाई मनाउन लागिपरेका छन् ।

 

गत सोमबार नेकपाकालीन सचिवालयका पाँच सदस्यको बैठकले पनि वाम एकताका लागि पहल गर्ने निर्णय गरेको थियो। यसका निम्ति संयोजन समितिनै गठन गरेर गृहकार्य सुरू भइसकेको छ।
अहिले प्रचण्डकै डिजाइनअनुसार वामपन्थी शक्तिलाई मिलाउने कार्यलाई अगाडी बढिरहेको छ ।

 

यसकै लागि डा. भट्टराईलाई मनाउनल प्रचण्ड कस्सिएका छन् । उनले यसअघि पनि भट्टराईलाई भेटेका थिए । आज पनि फेरी दुई नेताबीच भेट भएको प्रचण्डको सचिवालयले पुष्टि गरेको छ ।
भेटमा भट्टराईले कम्युनिष्ट नाम राखेर आफू कुनै पनि गठबन्धनमा सामेल नहुने जनाउ प्रचण्डलाई दिएका छन् । तर प्रचण्डले गठबन्धनमा जसरी पनि भट्टराईलाई समेट्ने गरी अगाडी बढेको बताईन्छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...