Rajshow Bivag

आज एकदिन यी जलविद्युत आयोजनामा विद्युत उत्पादन बन्द हुने

Departmant of helth services

काठमाडौ : तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आज विद्युत उत्पादन नहुने भएको हो । ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुने बताईएको छ ।

 

गत वर्ष १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी-मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द प्राधिकरणले जनाएको छ । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द हुने छ ।

पहिरोले मध्यमर्स्याङदी९मर्स्याङदी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका-८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ । करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने जनाइएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४४

  काठमाडौं: नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको...

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:२३

  काठमाडौं: जापानका विदेश मन्त्री कामिकावा योको र प्रधानमन्त्री पुष्पकमल...

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०७:०२

    मेष - Aries चु, चे, चो, ला, लि,...

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८

  काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम...

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...