YouTube Link

बालेन र हर्क संघीय लोकतान्त्रिक गणतन्त्रको फुलबारीभित्र नयाँ दुईटा फक्रिएका फूल हुन्: प्रचण्ड

Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगर र धरान उपमहानगरका मेयरमा स्वतन्त्र उम्मेदवार अलिक विशिष्ट ढंगले आएको बताएका छन् ।

 

प्रचण्डले भने, ‘काठमाडौंको मेयर र धरानका मेयर अलिक विशिष्ट ढंगले आउनुभयो । बालेन र हर्क स्वतन्त्र रुपमा आउनुभयो । स्थानीय तहको निर्वाचनमा धरान र काठमाडौंमा जुन विचार र संकल्पसहित जनतामा प्रस्तुत हुनुभयो । यसलाई विशिष्ट मान्नुपर्छ । काठमाडौं र धरानमा संविधानभित्रै रहेर आउनुभएको हो । दुवै मेयरलाई धन्यवाद पनि दिन चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाअनुरुप दलहरुसँग समदुरी जुटाउन सक्नुस् ।’

 

काठमाडौं र धरानबाहेक अन्यत्रका स्वन्त्र भनिए पनि पार्टीकै नेता कार्यकर्ता भएको बताए । जनकपुर र धनगढीका स्वतन्त्र भनिएका उम्मेदवारको पछाडि दलकै कार्यकर्ता रहेको भन्दै उनीहरु स्वतन्त्र नभएको प्रचण्डको भनाइ थियो ।

 

बालेन र हर्कहरुको सफलतालाई राजनीतिक दललाई झापड, थप्पड र चुनौती भनेर आइराखेकोमा पनि उनले असहमति जनाए । आफूले चाहि विशिष्ट मान्ने उनले बताए । ‘मेरो विचारमा संघीय लोकतान्त्रिक गणतन्त्रको फुलबारीभित्र काठमाडौं र धरानमा फेरि नयाँ दुईटा फूलहरु फक्रिएको जस्तो लाग्छ । फुलबारी गणतन्त्र र संविधानकै हो,’ उनले भने ।

 

उनले घेराबन्दी चिरेर सफल हुन शुभकामना दिए । ‘इतिहासको कालखण्डमा यस्ता पात्र जन्मिन्छ । तर असफल पार्न घेराबन्दी हुन्छ । यसखालको घेराबन्दीबाट मुक्त राख्दै साच्चिकै सेवामा लाग्ने वातावरण बनोस्,’ उनले भने ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...