YouTube Link

बालेन र हर्क संघीय लोकतान्त्रिक गणतन्त्रको फुलबारीभित्र नयाँ दुईटा फक्रिएका फूल हुन्: प्रचण्ड

Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगर र धरान उपमहानगरका मेयरमा स्वतन्त्र उम्मेदवार अलिक विशिष्ट ढंगले आएको बताएका छन् ।

 

प्रचण्डले भने, ‘काठमाडौंको मेयर र धरानका मेयर अलिक विशिष्ट ढंगले आउनुभयो । बालेन र हर्क स्वतन्त्र रुपमा आउनुभयो । स्थानीय तहको निर्वाचनमा धरान र काठमाडौंमा जुन विचार र संकल्पसहित जनतामा प्रस्तुत हुनुभयो । यसलाई विशिष्ट मान्नुपर्छ । काठमाडौं र धरानमा संविधानभित्रै रहेर आउनुभएको हो । दुवै मेयरलाई धन्यवाद पनि दिन चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाअनुरुप दलहरुसँग समदुरी जुटाउन सक्नुस् ।’

 

काठमाडौं र धरानबाहेक अन्यत्रका स्वन्त्र भनिए पनि पार्टीकै नेता कार्यकर्ता भएको बताए । जनकपुर र धनगढीका स्वतन्त्र भनिएका उम्मेदवारको पछाडि दलकै कार्यकर्ता रहेको भन्दै उनीहरु स्वतन्त्र नभएको प्रचण्डको भनाइ थियो ।

 

बालेन र हर्कहरुको सफलतालाई राजनीतिक दललाई झापड, थप्पड र चुनौती भनेर आइराखेकोमा पनि उनले असहमति जनाए । आफूले चाहि विशिष्ट मान्ने उनले बताए । ‘मेरो विचारमा संघीय लोकतान्त्रिक गणतन्त्रको फुलबारीभित्र काठमाडौं र धरानमा फेरि नयाँ दुईटा फूलहरु फक्रिएको जस्तो लाग्छ । फुलबारी गणतन्त्र र संविधानकै हो,’ उनले भने ।

 

उनले घेराबन्दी चिरेर सफल हुन शुभकामना दिए । ‘इतिहासको कालखण्डमा यस्ता पात्र जन्मिन्छ । तर असफल पार्न घेराबन्दी हुन्छ । यसखालको घेराबन्दीबाट मुक्त राख्दै साच्चिकै सेवामा लाग्ने वातावरण बनोस्,’ उनले भने ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...