YouTube Link

रन्थनिएको बेलामा बसेर, उठेर र सुतेर जसरी बोले पनि हुन्छः गगन थापा

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगनकुमार थापाले प्रतिपक्षी दलका नेताको तीन घण्टा लामो सम्बोधनमाथि व्यंग्य गरेका छन् ।

 

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद थापाले विरामी छु भनेर संसदको रोस्टमा कुर्सीमा बसेर सम्बोधन गर्ने र स्वस्थ अवस्थाजस्तो तीन घण्टा बोल्ने भन्दै यो कुण्ठामात्रै भएको बताए ।

 

‘नीति तथा कार्यक्रमको छलफलमा प्रारम्भमै घण्टौं एउटा लामो गन्थन प्रस्तुत भइसकेपछि मलाई केही साथीहरुले गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ भन्नुभयो । मैले भने, प्रश्नको उत्तर छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति हुन्छ । तर कुण्ठामा केही पनि हुँदैन । केवल सहानुभूतिमात्र व्यक्त गर्न सकिन्छ,’ उनले भने ।

 

साथीहरुले यो (विरामी भएको) बेलामा घण्टौं बसेर बोल्ने भनेर प्रतिप्रश्न गर्दा आफूले यतिखेर (निर्वाचनमा पराजय भोगेर) रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुने जवाफ दिएको थापाले संसदमा उल्लेख गरे । ‘पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुन्दिनुपर्छ । कहाँ बोल्ने कहिले बोल्ने भन्ने बोल्नेले हेक्का राख्ने कुरा हो । हामीले केवल विचारा भन्न सक्छौं । यतिमात्रै हो,’ उनले भने ।

 

यसैबीच सासंद गगन थापाले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउनुपर्नेमा जोड दिएका छन् । सबभन्दा धेरै आयात पेट्रोलियम पदार्थ हुने र त्यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा परिरहेको उनको भनाइ छ ।

 

थापाले अन्तर्राष्ट्रिय बजार, त्यसको मूल्य, खुला सीमाना भएकाले नेपालले चाहेर पनि त्यसको मूल्य केही गर्न नसक्ने भन्दै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउने महत्वाकांक्षी सोच राख्नै पर्ने बताए ।

 

पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउने कुरा आजको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्नेमा उनको जोड छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...