९० हजार २९२ मत गनिसक्दा बालेन्द्रको मत ३३ हजार कट्यो

वि.सं.२०७९ जेठ ७ शनिवार १०:०२

काठमाडौं: काठमाडौं महानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।
बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५ सय ६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६ सय ८१ मतले अगाडि छन् ।
९० हजार २ सय ९२ मत गनिसक्दा बालेन्द्रले ३३ हजार २ सय ६० मत पाएका छन् ।
केशव स्थापितले १७ हजार ६ सय ९२ र सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका स्थापित सिंहभन्दा ११३ मतले अगाडि छन् ।
हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।

वि.सं.२०७९ जेठ ७ शनिवार १०:०२