एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा

 

काठमाडौं: नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाले एक टिभी कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गैरजिम्मेवार रहेको भन्दै राजीनामा माग गरेको छ ।

 

मन्त्री खतिवडाले हालै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप ५ हजार रुपैयाँमा किनेर लगाएको भनी दिएको यस्तो झुठो अभिव्यक्तिले मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा माग गरेको हो ।

 

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले Batch no. 4120 Z 004 को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ । सांसदहरूका लागि सरकारले दोस्रो डोज संसद् भवन, बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको कुरा सबैलाई विदितै छ ।’

 

स्वास्थ्यमन्त्री खतिवडाको यो अभिव्यक्ति पूर्ववर्ती सरकारलाई बद्नाम गर्नका लागि मात्रै दिएको एमालेको दाबी छ ।

 

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको एमालेले जनाएको छ ।

 

NRB Bank Ad
Salt Trading
Nishana Seving AD

KMC Advertisment
Kumari Bank AD
Alice Education home sports
देउवाबिरुद्ध यसरी जाईलाग्दै कोईराला

देउवाबिरुद्ध यसरी जाईलाग्दै कोईराला

वि.सं.२०७९ असार १६ बिहीवार १०:४६

  काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधि...

समाजवादी कांग्रेसले मनायो राष्ट्रिय नागरिक आन्दोलन घोषणा दिवस र धान दिवस

समाजवादी कांग्रेसले मनायो राष्ट्रिय नागरिक आन्दोलन घोषणा दिवस र धान दिवस

वि.सं.२०७९ असार १६ बिहीवार १०:४५

  काठमाडौं: संवैधानिक प्रजातन्त्रको हिमायती नेपाल समाजवादी कांग्रेसले राष्ट्रिय नागरिक...

बलिउड अभिनेत्री स्वरा भास्करको ज्यान खतरामा

बलिउड अभिनेत्री स्वरा भास्करको ज्यान खतरामा

वि.सं.२०७९ असार १६ बिहीवार ०८:४६

  एजेन्सी : बलिउडमा एकपछि अर्को स्टारलाई ज्यानै सिध्याउनगरी धम्की...

काठमाडौंका सडकमा खानेकुरा बेच्न निषेध

काठमाडौंका सडकमा खानेकुरा बेच्न निषेध

वि.सं.२०७९ असार १५ बुधवार ०८:३२

  काठमाडौं: काठमाडौं महानगरपालिकाले हिजोदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको...

धानको महत्व र गरिमा संस्कृतिसँग

धानको महत्व र गरिमा संस्कृतिसँग

वि.सं.२०७९ असार १५ बुधवार ०७:१७

  काठमाडौं: असारको १५ अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक...

हेर्नुहोस् आज २०७९ असार १५ गते बुधबारको राशिफल

हेर्नुहोस् आज २०७९ असार १५ गते बुधबारको राशिफल

वि.सं.२०७९ असार १५ बुधवार ०६:०६

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...