नेपालमा पछिल्लो २४ घण्टामा ६८० जना कोरोना संक्रमित थपिए
वि.सं.२०७८ फागुन ३ मंगलवार १७:२२
2.4K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ९५ जनाको स्वास्थ्य परीक्षण गर्दा ६ सय ८० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
आज ४ हजार २५६ जनाको पीसीआर र दुई हजार ८ सय ३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट ४ सय ९८ र एन्टिजेन परीक्षणबाट एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा एक हजार ८ सय ३५ जनाले कोरोनामुक्त भएका छन् ।
आज थप २ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय २ पुगेको छ । अहिले देशभर १९ हजार ४ सय जना सक्रिय संक्रमित छन् ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १७:२२




















